Aamsanchar

संसद्को कार्यसूचीसम्बन्धी विवाद मिल्यो

Author Image
शुक्रवार, साउन ७, २०७३

काठमाडौँ ।

व्यवस्थापिका–संसद्मा कार्यसूचीको प्राथमिकताका विषयमा दलहरुबीच उत्पन्न विवाद समाधान भएको छ ।

प्रमुख तीन दलका शीर्ष नेताबीच आज भएको छलफलमा अविश्वास प्रस्तावभन्दा अगाडि बजेट आश्रित विधेयकमाथिको छलफल कार्यसूचीमा ल्याउने सहमति भएको हो ।

दुवै प्रस्ताव एकै कार्यसूचीमा समावेश हुनेछन् । सहमतिअनुसार आज दिउँसो २ बजे तोकिएको संसद्को बैठक अपराह्न ४ः३० मा बस्ने र त्यसमा बजेट आश्रित विधेयकमाथिको छलफल हुने वार्तामा सहभागी उपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यसूचीमा समझदारी भएको बताउँदै ती विधेयकलाई टुङ्गो लागेपछि अविश्वासको प्रस्तावमा आजै छलफल हुने जानकारी दिनुभयो ।

सभामुख ओनसरी घर्तीले अन्तर्राष्ट्रिय सम्मेलन (संसद् भवन) केन्द्रमा शीर्ष नेताको बैठक आह्वान गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुनुहुन्थ्यो । सो बमोजिम आर्थिक विधेयक, २०७३ सहित तीन विधेयक टुङ्गो गर्ने लगाइएपछि अविश्वासको प्रस्तावमा आज छलफल हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)