Aamsanchar

पत्रकार गदालको कीर्ते शैक्षिक प्रमाणपत्र फेला [नक्कली पत्रकार २]

Author Image
शनिवार, साउन ८, २०७३

man kumar

बिर्तामोड ।
पत्रकार माधव विद्रोहीले शैक्षिक योग्यताको भारतीय नक्कली प्रमाणपत्र पेश गरेर पत्रकारिता गर्दै आएको घटना सार्वजनिक भए लगत्तै अर्का झापाली पत्रकारले पनि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको फेला परेको छ ।
झापाको दमक–१३ निवासी मनकुमार गदालले सरकारी छाप कीर्ते गरेर एसएलसीको नक्कली मार्कसिट र सर्टिफिकेट बनाएको फेला परेको हो । प्रेस चौतारी झापाको उपाध्यक्ष समेत रहेका गदालले दमकस्थित हिमालय माध्यमिक विद्यालयको छाप कीर्ते गरेर एसएलसीको सर्टिफिकेट र मार्कसिट बनाएका हुन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीलाई मात्र प्रदान गर्दै आएको मार्कसिट समेत कीर्ते गरी गदालले आफ्नो नाममा मार्कसिट र विद्यालयको छाप कीर्ते गर्दै सर्टिफिकेट बनाएका छन् । यस अघिको विधान अनुसार एसएलसी पास गरेको व्यक्ति मात्र पत्रकार महासंघको सदस्यता प्राप्त गर्न योग्य हुने र सरकारले प्रदान गर्ने प्रेस पासका लागि पनि सोही योग्यता आवश्यक हुन्छ । गदालले महासंघको सदस्यता तथा सूचना विभागबाट प्रेस पास लिनका लागि उक्त कीर्ते प्रमाणपत्र पेश गरेको भेटिएको हो ।
गदालले बनाएको नक्कली मार्कसिटको सिम्वोल नम्वर १०९२७०० डब्लू हो । उनले सो मार्कसिट र सर्टिफिकेट विभिन्न सरकारी निकाय तथा पत्रकार महासंघमा पेश गरी सुविधा लिएका छन् । उनले सोही प्रमाणपत्रका आधारमा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सूचना विभागबाट पत्रकार प्रेस पास समेत लिएको पाइएको छ । उनले सूचना विभागबाट २१७८३ नम्वरको पत्रकार प्रेस पास लिएका छन् । गदालले २०६३ सालमा पत्रकार महासंघको सदस्यताका लागि समेत टिपेक्स लगाएर एसएलसी पास गरेको मार्कसिट पेस गरेपछि महासंघले सो मार्कसिट शंकास्पद रहेको भन्दै सदस्यता दिएको थिएन ।
गदालले आफू २०६४ सालमा एसएलसी पास भएको भन्दै नक्कली सर्टिफिकेट र मार्कसिट बनाएका हुन् । उनले एसएलसी परीक्षामा आफू तृतीय श्रेणीमा उत्तीर्ण भएको र ३९.७९ प्रतिशत अंक ल्याएको मार्कसिट बनाएका छन् । सरस्वती मावि इाटाभट्टामा अध्ययन गरेका उनी अहिले सप्तरङ्गी एफएम दमकमा आवद्ध छन् । २०६७ साल पुस १७ गते नेपाल पत्रकार महासंघ झापाको सदस्यता लिएका गदाल विगत ७ वर्षदेखि सप्तरङ्गी एफएममा सोही सर्टिफिकेट र मार्कसिट पेश गरेर काम गरिरहेका छन् । यस अघि उनले पूर्व सन्देश दैनिक र मोफसल साप्ताहिकमा पनि काम गरिसकेका छन् ।

mankumar 2
हिमालय उच्च माविबाट एसएलसी पास गरेको सर्टिफिकेट र मार्कसिट फेला पारेपछि पूर्वाञ्चलकर्मीले विद्यालयमा गएर रेकर्ड हेर्दा गदालले परीक्षा उत्तीर्ण गरेको रेकर्ड नभेटिएपछि उनको प्रमाणपत्र नक्कली भएको खुलेको थियो । विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झाले गदालले हिमालय उच्च मावि नपढेको बताए ।
नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा गदालसाग जिज्ञासा राख्दा उनले यो विषयमा पत्रकार महासंघमा बसेर छलफल गर्ने बताए । उनले भने– आफूहरु सांगठनिक रुपमा महासंघमा बसेर छलफल गर्दै टुङ्ग्याउाछौं । सरकारी छाप कीर्ते गर्दै नक्कली प्रमाणपत्र बनाएको पाइए नेपाल सरकार वादी भएर मुलुकी ऐन कीर्ते कागजको महल अन्तर्गतको अभियोगमा मुद्दा लाग्ने कानूनी व्यवस्था छ । सरकारी छाप दस्तखत कीर्ते गर्नेलाई एक वर्षसम्म कैद र बिगो खुलेको भए सोही बमोजिम कारवाही हुने कानूनी ब्यवस्था छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)