सिरहा :
कमला नदीको बाढीले बगाएर गएराती एकजनाको ज्यान गएको छ, तीन जनाको अवस्था अज्ञात रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ज्यान जानेमा महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् ।साउने सोमवारी मेला हेर्न सिरहाको उत्तरायणी आईरहेका चारजना युवाहरु धनुषाको चिसापानीबाट कमला नदी पारगर्ने क्रममा कमला बगेको प्रहरीले जनाएको छ ।
बगेर आएका योगीको शव बन्दिपुरदेखि करिव ५ किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए ।
महोत्तरी वर्दिवास १६ का १७ वर्षिय सुरज तामाङ, १६ वर्षिय धर्मराज बलम्पाकी मगर र गौशलाका १७ वर्षिय शिवशंकर ठाकुर रहेको प्रहरीले जनाएको छ । उनीहरुका आफन्तले आफ्ना छोराहरु अझै सम्पकर्मा नआएको भन्दै प्रहरी खोजीदिन आग्रह गरेको जनाएको छ ।
प्रहरीले उनीहरुको खोजी कार्य गरिरहेको जनाएको छ । उनीहरु आफन्तको सम्पर्कमा पनि नआएको र शव पनि फेला नपरेको हुँदा उनीहरुको अझै खोजी भईरहेको बताईको छ । खोजीमा कार्यक्रमा नेपाली प्रहरी, सशस्त्र प्रहरी र उनीहरुका आफन्तहरुपनि सक्रिय रहेको बताइएको छ ।शव पोष्टमार्टमकोलगि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।