Aamsanchar

मुस्ताङ दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो, १५ जना घाइते

Author Image
शुक्रवार, असार २२, २०७५

पर्वत,

मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङबोचेमा टिपर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। ३२ जना कामदारहरू चढेको टिपर दुर्घटनामा १५ जना घाइते भएका छन्।

मुस्ताङ प्रहरी कार्यालयका प्रहरी हवल्दार शमीर थापाका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्ने सम्भावना छ। बा२ क २२१९ नम्बरको टिपर दुर्घटनामा परेको हो। दुर्घटनामा १२ जना पुरुष र ५ जना महिलाको ज्यान गएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए।

टिपरमा जोमसोम–लोमाङथान सडकखण्डमा काम गरिरहेका मजदुरहरु थिए। विरुवा कन्सट्रक्सन प्रालिले उक्त सडकखण्डमा काम गरिरहेको थियो। टिप्पर सडकबाट ६० मिटरभन्दा तल खसेको छ। घाइते मध्ये १० जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ।

बाँकी ५ जनाको जिल्लामै उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।मृत्यु हुनेहरूको सनाखत हुन बाँकी छ।–थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर