Aamsanchar

काठमाडौं र भक्तपुर डुबानमा, एकै परिवारका तीन जनाको मृत्यु

Author Image
बिहिवार, असार २८, २०७५

काठमाडौं ।

बुधबारदेखि परेको अविरल वर्षाका कारण राजधानी काठमाडौंसहित देशैभरको जनजीवन प्रभावित भएको छ । वर्षापछि घरमाथिबाट ढिस्को खस्दा भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया दानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको हो ।

घरमाथिको ढिस्को खसेर थिच्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाकी बुवाआमा सोही ठाउँमा रहेको अर्को पक्की घरमा सुतेकाले बचेको छन् ।

वर्षाका कारण वाग्मती र हनुमन्ते खोलामा आएको बाढीका कारणा काठमाडौं र भक्तपुरका केही ठाउँ डुबानमा परेका छन् । हनुमन्ते खोलाको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।

यस्तै मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजना भित्रका पूरै बस्ती डुबानमा परेको छ । मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ।–लोकान्तरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर