Aamsanchar

छोरी जन्माएकै कारण श्रीमानले घर निकाला गरे

Author Image
बिहिवार, साउन ३, २०७५

सुनसरी ।

छोरी जन्मिएको भन्दै सुनसरी दुहबीकी एक महिला दुई बर्षदेखि घरेलु हिसाबाट पिडित भएकी छिन् । दुहवी नगरपालिका ६ कि राधा साह छोरी जन्मिएको कारण श्रीमान र घरपरिवारबाट अपहेलित हुदै अहिले माईतमा बस्न बाध्य भएकी हुन् । साहले २० वर्षको उमेरमा २०७२ मा रामधुनी ३ प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेकी थिइन ।

विवाह पछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पिडित साहले इटहरी स्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि गुनासो गरिन् । दुई बर्षदेखि दुहबी माईतीमा बस्दै आएको र घर फिर्ता आउन श्रीमानले १० लाख माग गरेको बताइन । पत्रकार सम्मेलनमा आफु पिडित भएर पनि संम्बन्धित निकायले न्याय र चासो नदिएको साहले पत्रकार सम्मेलनमा बताइन ।

दुई बर्षको छोरी सहित पत्रकार सम्मेलनमा उपस्थिति भएकी साहले आफु अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपनि सुनुवाई नभएको उनले जानकारी दिइन । आँफु छोरी जन्माएकै कारण श्रीमान र घरपरिवारबाट अलग भएको दुखेसो गरिन । उनले श्रीमान सहित ससुरा ललित साह, सासु छिनादेवी साहले घरबाट निकालेको र फिर्ता आउदा १० लाख ल्याउन पटक पटक दबाब दिएको उनले बताइन ।

मेरा श्रीमानले उर्लाबारीकी सावित्रा मगरलाई भगाएर घरमा ल्याए’ गहभरी आँशु पार्दै उनले भनिन्, ‘मलाई घरबाट निकालेर भगाएर विहे गरे, अहिले फोन गर्दा गाली गर्ने मार्ने धम्की दिन्छन् । साहको श्रीमानकै घरमा बस्न पाउनु पर्ने माग छ ।–पूर्वेली न्यूजबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर