Aamsanchar

बाढीपीडितलाई माओवादी केन्द्रको राहत

Author Image
बुधवार, साउन १२, २०७३

इनरुवा।

Badi_pidit_ghar

सरकारी निकाय मौन रहेको बेला भोकभोकै बसिरहेका सुनसरीका बाढीपीडितलाई नेकपा (माओवादी केन्द्र), घुस्कीले मंगलबार १३० परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

केन्द्रले सीमावर्ती क्षेत्र घुस्की–२ का ५५ घर दलित परिवार र घुस्की–४ का ८० घर मुस्लिम परिवारलाई राहतस्वरुप चिउरा, भुजा, प्याज र नुन वितरण गरेको जनाएको छ । केन्द्रका घुस्की अध्यक्ष दिल महमदको अगुवाइमा बाढीपीडितलाई राहत वितरण गरिएको बताइएको छ ।

पीडितलाई पार्टीले प्रतिपरिवार दुई केजी भुजा, तीन केजी च्युरा, एक केजी नुन र केही प्याज वितरण गरेको जनाएको छ । यता बाढीका कारण बबिया–६ र ७ का ७० परिवार विस्थापनको अवस्थामा पुगेको गाविस सचिव नेत्र न्यौपानेले जानकारी दिनुभयो ।

सचिव न्यौपानेका अनुसार सुनसरी खोलामा आएको बाढीले बबिया–१, ६, ७ र ८ नम्बर वडाका मुस्लिम, खत्वे, मेहता र मुसहर समुदाय बढी प्रभावित भएका छन् । पीडितलाई राहतका लागि पहल गरिदिन उनीहरुले जिल्ला तहका सरकारी कार्यालय तथा दैवी प्रकोप उद्धार समितिलाई समेत आग्रह गरेका छन् ।

नरसिंह–७ र वसन्तपुर–७ जोड्ने सडक सुनसरी खोलाको बाढीले बगाएको छ । सो बाटो बगाएपछि सीमावर्ती बजार बसमतियाको सम्पर्कसमेत टुटेको छ । विद्यालय र स्थानीय प्रहरी चौकीमा समेत तीन फिटसम्म पानी जमेको स्थानीयवासी रामेश्वर मेहताले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर