Aamsanchar

फौजी कुकुरको आतङ्क

Author Image
बुधवार, साउन १२, २०७३

जुम्ला।

download

जुम्लाका चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा र आचार्यबाडा गाउँ किसानका सात दर्जन पशुबस्तुमा फौजी कुकुरको समूहले क्षति पु¥याएको छ ।

चैत महिनादेखि फौजमा आउने कुकुरले शृङ्खलाबद्ध रुपमा यसरी पशुबस्तु मार्न थालेपछि स्थानीय गोठालामा कुकुर आतङ्क छाएको छ । अहिलेसम्म भण्डारीवाडा गाउँका पहिचान भएका १४ जना किसानका १७ गाईगोरु मारेको र सख्त घाइते बनाएको स्थानीय दीपबहादुर मल्लले जानकारी दिनुभयो ।

यी सामान्य पहिचान भएका पशुबस्तु मात्र हुन्, पहिचान नभएका कति छन् कति, यकिन गर्न सकिएको छैन, मल्लले भन्नुभयो । आफ्नै मात्र छ गाई फौजी कुकुरले मारेको र दुई घाइते बनाएको उहाँले पीडा व्यक्त गर्नुभयो ।

यो समस्या गत सालदेखिको नै हो, फौजी कुकुरलाई मार्न स्थानीय प्रशासनमा निवेदन दिँदा त्यसको कुनै सुनुवाइ गरिएन र झन यो समस्या अहिले बल्झियो, उहाँले भन्नुभयो ।

आचार्यबाडाका कर्णसिंह कुलालले फौजी कुकुरको आक्रमणबाट मर्ने गाईगोरुको सङ्ख्या ९० पुगेको बताउनुभयो । समूहमा आएका फौजी कुकुर आक्रामक भएर गाईगोरुमाथि आक्रमण गर्छन्, लखेट्न खोज्दा मान्छेमाथि नै आइलाग्छन्, मरिने डरले आफू पनि भाग्नुपर्छ, पीडा व्यक्त गर्दै स्थानीय किसान नन्दराम महताराले भन्नुभयो । यत्रो क्षति भइसक्दा पनि न नगरपालिकाले हेरेको छ, न प्रशासनले, न त यहाँका अन्य सरोकारवाला नै, उहाँले दुखेसो गर्नुभयो ।

फौजी ९भुस्याहा० कुकुरले मच्चाएको आतङ्कका विषयमा आफू जुम्ला आइपुगेको चार महिनासम्म कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर