Aamsanchar

धर्मगुरु ओमनन्दको नक्कली चरित्र पर्दाफास,हजारौ अनुयायीले त्यागे उनलाई

Author Image
बिहिवार, साउन १३, २०७३

10896965_589621587838675_8713340628113428886_n
गान्तोक(सिक्किम)।

गड एञ्जलको नामले चिनिने भक्तकुमार राई (स्वर्गिक दुत सदगुरु ओमनन्द) द्वारा संगठित धार्मिक संगठन ‘हेभन्ली पाथ’ (एचपीओ) ले राई जातिको भाषा, संस्कार र संस्कृतिमा अतिक्रमण गरेको भन्दै त्यसका अनुयायीहरुले सो संगठन परित्याग गरेका छन् ।
बुधवारे गान्तोकमा आयोजित ‘विश्वमा राई जातिको भाषा, संस्कार, संस्कृति बचाइ राखौं’ भन्ने विषयमा सिक्किम राज्य स्तरीय अखिल किरात राई संघले आयोजना गरेको समारोहमा हेभन्ली पाथका कटर अनुयायीहरुले सो संगठन परित्याग गरेको हस्ताक्षर संघका अध्यक्ष चन्द्र खालिङलाई बुझाएका छन् । सिक्किम राज्यका विभिन्न क्षेत्रबाट प्रतिनिधिका रुपमा आएका हेभन्ली पाथका २४ अगुवा अनुयायीहरुले संगठन परित्यागको हस्ताक्षर बुझाए पनि उनीहरुसागै १५ हजार बढी परिवारले हेभन्ली पाथ परित्याग गरेको सो अवसरमा जानकारी गराइयो ।
राई जातिलाई विभिन्न प्रलोभनमा पारेर धर्म गुरुको नाममा भेष बदल्दै क्रिस्चियन बनाउन भक्तकुमारले विभिन्न कार्य गरेको सो अवसरमा दावी गरियो ।

13781964_1750485695227507_4070864958313939631_n

हेभन्ली पाथका भारतस्थित राष्ट्रिय अध्यक्ष आरवी राईसहित मातहतका विभिन्न क्षेत्रका एचपीओका पदाधिकारीले सामुहिक रुपमा सो संगठन त्यागेको घोषणा गरेका हुन् । ‘हामीले आजदेखि एचपीओ छोड्यौं अर्थात् मान्दैनौं कारण हामी राईहरुको भाषा, संस्कार, संस्कृतिको अतिक्रमण भएको हुादा हामी हाम्रै पनमा बााच्न, बचाउन र मर्न चाहन्छौं’– एचपीओ छोडेको हस्ताक्षरसहितको प्रमाणमा भनिएको छ । ‘अब हामी आफ्नो राईको भाषा संस्कार, संस्कृति, भेषभूषाको सुरक्षा र जगेर्नामा लागी पर्ने छौं’– उक्त प्रमाणमा उल्लेख छ ।
अखिल किरात राई संघका सल्लाहकार एमवी राईले समारोहको अध्यक्षता गर्दै धर्म गुरुको नाममा भक्तकुमारले राईहरुको पहिचान र अस्तित्व मेट्नुका साथै आर्थिक शोषण समेत गरेको बताए । ‘राईको गुरुको ढोंग रचेर राईहरुको पहिचान नै मेटाइदिने काम उनले गरे– एमवीले भने ।

13631429_1032529266825803_8798343613141257459_n
भक्तकुमारले राई जातिको अस्तित्व धर्म, संस्कार, संस्कृति र भाषामा गम्भीर प्रहार गर्नुका साथै पूजा विधि परिवर्तन गराएको उक्त सभाले ठहर गरेको छ । उनलाई सिक्किम प्रवेशमा प्रतिबन्धको घोषणा समेत गरिएको छ । अखिल किरात राई संघ र मातहतका सबै निकायले सिक्किमका एक सय १० बढी प्रहरी कार्यालयमा भक्तकुमारलाई पक्राउ गर्न उजुरी दिने अभियान अन्तर्गत दर्जन बढी कार्यालयमा उजुरी गरिसकेको संघका अध्यक्ष चन्द्र खालिङले बताए ।
कार्यक्रममा संघका सल्लाहकार रुपनारायण राई, जिवी राई, विना राई, वीवी राई, जाङ्गु शेर्पा, दिनेश राई लगायतले राईहरुलाई भक्तकुमारले आफ्नो धर्म संस्कार परिवर्तन गराई भ्रममा पारेर क्रिस्चियन बनाउन खोजेको दावी गरे । भद्रगोल किरातीले भक्तकुमारको विषयमा उनी ‘गड होइन ठग एन्जेल’ नामक पुस्तक समेत प्रकाशन गरेका छन् । उक्त पुस्तकमा गेरुवा वस्त्र लगाई हातमा त्रिशुल बोक्ने भक्तकुमारको पहिरन आज पादरीको सेतो गाउनमा फेरिएको छ भने हातमा त्रिशुल पनि गायव भएको उल्लेख छ । उनी क्रिस्चियन भएको दावी सहित पुस्तकमा राईले मिरिक, दार्जीलिङ, सिक्किमका विभिन्न राज्यका चर्चमा वाइल पढेको जनाइएको छ । प्रभुका विश्वासीको रुपमा त्यतै वप्तिस्मा (क्रिस्चियन) नामाकरण गर्ने विधि गरेको र वाइवल तथा चर्चकै प्रभावमा उनले आफूलाई भक्तकुमार स्वर्गिक दूतबाट क्रिस्तानी नाम ‘गड एञ्जेल’ बनाएको उल्लेख छ ।
को हुन् भक्तकुमार ?
२०३७ साल चैत १७ गते उदयपुरको मैनामैनी–२मा जन्मिएका राईले २०५७ सालमा सो नामबाट नागरिकता लिएका छन् । उनले ०६२ मंसीर २६को निर्णयले संशोधन गरे अनुसार उदयपुर जिल्लाबाट ०६७ साउन ४ गते ‘भक्तकुमार राई (स्वर्गिक दूत सत्गुरु ॐनन्द)’ समेत उल्लेख गरी नागरिकताको प्रतिलिपी लिएका छन् । नागरिकतामा बाजे कर्णबहादुर, पिता जयबहादुर उल्लेख छ भने माता पञ्चेश्वरी हुन् । ८ कक्षासम्मको अध्ययन गरेको बताइएको छ । नेपाल, भारत तथा अन्य देशमा गरी उनका हजारौं अनुयायीहरु रहेको बताइएको छ ।
क्यानडाको नागरिकता प्राप्त गरेको जनाउादै उनले नेपाली नागरिकता त्यागेको घोषणा समेत गरेका छन् । ०७२ चैत २३ गते उदयपुर जिल्ला प्रशासन कार्यालयमा उनले नागरिकता त्यागेको निवेदन दर्ता गराएका छन् । उनको नागरिकता प्रमाण पत्र नम्बर ४६९३९/३०७८ हो । उनी आफ्नी अनुयायी युवती जुनु राईसाग क्यानडा प्रस्तान गरेको बताइएको छ । आफूलाई प्रेमवादको प्रवर्तक घोषणा गर्दै आएका भक्तकुमारले क्यानडामा ‘लभइजम सोसाइटी ट्रस्ट’ नामक संस्था सञ्चालन गरेको कुरा समेत खुलेको छ । उनी धरान–८की जुनुदेवी र केइन होप (माइकल) लु उक्त संस्थाको निर्देशक रहेको बुझिएको छ ।

13606443_1032529270159136_7102897134101110715_n

अहिले आफ्ना अनुयायीहरुबाट उठाएको पैसाले भक्तकुमारले करोडौंको सम्पत्ति आफ्नो नाममा जोडेको समेत खुलेको छ । पन्छी झैं उड्ने, पोखरीमा हिंड्ने जस्ता दावी उनी र उनका अनुयायीले गर्दै आएका थिए । तर, त्यो पूरा गर्न नसकेका भक्तकुमारप्रति अनुयायीहरुले नै प्रश्न खडा गरेका थिए । किरातीलाई मुन्दुम धर्मबाट विचलित गराई क्रिस्चियन धर्ममा प्रवेश गराउने योजना अनुरुपलाई ‘गड एन्जेल’को रुपमा प्रस्तुत गरिएको दावी गरिएको छ । धर्मको नाममा आफ्ना अनुयायीमाथि यौनशोषण गरेको आरोप लाग्न थालेपछि उनी पलायन भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ । शुरुका दिन किरात धर्मका गुरु फाल्गुनन्दको नयाा अवतारको रुपमा ओमनन्द भई जन्म भएको दावी गर्ने राईले आफूसाग चमत्कारी क्षमता भएको बताउादै आएका थिए । उनले नेपालमा आफ्ना अनुयायीलाई संगठित गर्न स्वर्गिक नामक संस्था चलाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर