Aamsanchar

प्रहरीले सुरु गऱ्यो गाँजाखेती नष्ट अभियान

Author Image
बिहिवार, साउन १३, २०७३

gajaa

भोजपुर ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले यस आर्थिक वर्षमा पनि गाँजा फँडानी कार्यलाई निरन्तरता दिन थालेको छ ।

प्रहरीले साउन ५ गते हसनपुर–२ मा रहेको नौ रोपनी जग्गामा अवैध रुपमा लगाइएको गाँजा नष्ट गरेको थियो । त्यसैगरी, साउन ७ गते पनि हसनपुर गाविसकै वडा नं ५, ६ र ७ वडाको झन्डै सात रोपनी जग्गामा रहेको अवैध गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

त्यस्तै, साउन ९ गते हसनपुर १ को दुई रोपनी जग्गामा रहेको अवैध गाँजा नष्ट गरिनुका साथै मङ्गलबार पनि हसनपुर–८ र ९ को झन्डै साढे नौ रोपनी जग्गामा लगाइएको गाँजा नष्ट गरेको छ ।

हालसम्म साढे ३६ रोपनी जग्गामा लगाइएको अवैध गाँजा नष्ट गरिसकिएको प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । भोजपुर जिल्ला प्रहरीले गत वर्षदेखि भोजपुरमा अवैध रुपमा लगाइएका गाँजा नष्ट गर्ने काम सुरु गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर