बिर्तामोड ।

झापाको मेचीनगरमा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

मेचीनगर नगरपालिका–११ मेचे टोलका २८ वर्षीय राजीव मेचेले २० वर्षीया श्रीमती मनिषालाई मंगलबार दिउँसो टाउकोमा बन्चरो प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

हत्या लगत्तै राजीव फरार रहेका छन् । फरार राजीवको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Views: 107

