नबिना कुइकेल /शान्तिनगर ।



पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार नलाग्न सक्छ, तर झापाको पूर्वोत्तर बुद्धशान्ति गाँउपालिका– ६ बाबरीटारमा अवस्थित साउने पानीको कुवामा चैतको खडेरीमा पनि नसुक्ने पानी मध्ये बर्खाको साउनमा भने सुक्ने गर्छ । भौगोलिक बनावटको लगभग ३४० मिटर उचाइमा रहेको उक्त साउनेपानीको कुवामा साउन महिना बाहेक अरु महिनामा (अथात वर्षै भरी) पानी भरीभराउ हुन्छ तर साउन महिना शुरु भएपछी पानी अली कम हुदै जाने र मध्य साउनमा दुइ,तिन दिन पानी सुक्ने र बिस्तारै साउन महिनाको अन्तिम तिर पहिलाको जति नै पानी भरभराउ हुने स्थानीयले बताएका छन् ।



बुद्धशान्ति–६ को टिमाई खोला किनार अग्लो र बाटो पनि नपुगेको भित्रीभागमा रहेको साउने पानीमा एउटा ठुलो अनौठो ढुङ्गा रहेको छ । त्यसलाई त्यहाँका स्थानिय बासिन्दाले देबीको थान मानेर सिंहदेवीको रुपमा पुजा गर्ने गर्दै आएका छन् । त्यस देबीलाई पुजा गर्ने गरेकाले देबीको शक्तीले त्यहाँ सधैं पानी रहने गरेको स्थानिय सुकमाया लिम्बुले बताईन । हिन्दु परम्परा अन्तर्गत महिलाहरु साउन छल्न माइत जाने प्रचलन जस्तै देव पनी साउन छल्न आफनो माइत जाने गरेको र त्यस समयमा त्यो कुवामा पानी सुक्ने गरेको मान्यता रहेको बताउँछन स्थानिय हर्क सुब्बा ।

उक्त साउने पानी रहेको स्थान भन्दा अली होचो भागमा लिम्बु जातीको बसोबास रहेको छ ।त्यहाँ करीब २१ परिवार बसोबास गर्दै आएका छन् । ति परिवारले त्यही कुवाको पानी दैनिक जीवनमा प्रयोग गर्छन । करीब चार फुड मात्र गहिरो उक्त कुवाको पानीले करीब नौ विगाह जमिनमा सिचाई समेत गर्ने गरेको स्थानिय कुसुमबीर लिम्बुले बताए । उनी भन्छन् “ पानी यहाँ आईपुग्दैन हामी त्यही कुवाको पानीले धान रोप्छौ,सब्जीहरुमा पनी त्यही पानी लगाएछौ।“ प्रकृति पूजक लिम्बु जातीले अहिले त्यस क्षेत्रको स्ंरक्षण गरीरहेको साउने पानी संरक्षण समितीका अध्यक्ष कुलबहादुर लिम्बुले बताए ।

विस १९१७ सालमा साउने पानी छ भन्ने थाहा भएको तर पहिलो देखिनै रहि आएको स्थानिय डिल्लीराम कुईकेलले बताए । “पहिले साउन १० बाट मात्र पानी उम्रने र्गथ्यो र भदौ १०–१५ मा सुक्ने र्गथ्यो” उनी भन्छन “त्यसलाई ब्यावस्थापन गर्न बिस २०२३ सालको बैशाखे पुर्णिमाको दिन त्यहाँ आसपासका स्थानिय १०–१५ जना भेला भएर रुद्रि, चण्डि पाठ गरी कुवा खन्न् शूरु गरियो, करिब २० फूट खनियो तर पानी देखिएन चिसोपना मात्रै देखियो पून अर्को बर्ष बैशाखे पूर्णिमामा पूजापाठ गरियो र बाखं्राको पाठो भोग लगाइयो अनि कुवा खन्न शूरु गरियो , लगभग ३–४ फूट मात्र खन्दा पानी निस्कियो र त्यो पानि अहिले सम्म सुकेको छैन ।“ विसं २०२३ सालतिर कुवाको वरीपरी एउटा नाग खेलिरहने गरेको उनले बताए ।

हाल बर्षमा एक पटक बैशाखे पुर्णिमामा त्यस क्षेत्रमा पुजा गर्ने गरेको र पुजा गर्दा निखुर एक रङको पाठी भोग लगाई पुजा गर्ने गरेको स्थानिय प्रेम लिम्बुले बताए । परापुर्वाकाल फेरे बुढाको पालादेखी गरीआएको र अहिलेसम्म आफुहरुले त्यसलाई निरन्तरता दिदै आएको उनले बताए । यदी त्यसलाई पुजा नगरे वा नमाने पानी सुक्ने र अन्य हानी नोक्सानी हुने जनविश्वास रही आएको छ ।
बुद्धशान्तीको एक धार्मीक अनी पर्यटकीयस्थल हुने सम्भावना बोकेको साउने पानी कसैले पनी पहल नगरेर ओझेलमा परेको गुनासो पोख्छिन साउने पानी संरक्षण समितीकी सचिव सम्झना लिम्बु । प्रसस्त सम्भावना हुँदा पनी सबैको नजरबाट लुकेको यस क्षेत्रमा संबन्धित निकायको ध्यान जान जरुरी रहेको स्थानीयको भनाई छ ।

