Aamsanchar

यसकारण छोडे उनीहरुले ‘हेभेन्ली पाथ’ र ‘भकुरा’

Author Image
शुक्रवार, साउन १४, २०७३

13606443_1032529270159136_7102897134101110715_n
सिक्किम ।

‘गड एन्जल’ अर्थात भक्तकुमार राई (स्वर्गिक दूत सद्गुरु ओमनन्द) द्वारा संगठित ‘हेभेन्ली पाथ’ (एचपीओ) संगठनले राई जातिको परम्परागत संस्कृति माथि नै आक्रमण गरेको भन्दै आवद्ध सिक्किमका राई समुदायले उक्त संगठनबाट राजीनामा गरेका छन् ।
राई जातिको आफू धर्मगुरु भएको र राई जातिको धर्मसंस्कृतिको संरक्षण गर्ने भन्दै सिक्किमका राई समुदायलाई एचपीओमा संगठित गर्दै आएका भक्तकुमार राईले समय वित्दै जाादा भेष बदल्दै राई समुदायकै परम्परागत संस्कृतिमाथि नै अतिक्रमण गर्न थालेपछि आफूहरुले संगठन छाडेको सिक्किममा आयोजित एक कार्यक्रममा दिइएको राजीनामा उल्लेख गरेका छन् ।
अखिल किरात राई संघ (एकेआरएस)–द्वारा विश्वमा राई जातिको भाषा, संस्कार, संस्कृति बचाई राखौं’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा हेभन्ली पाथका २४ बढी अगुवाहरुले सामुहिक राजीनामा दिएका हुन् । राजीनामा दिने अधिकांसले किरात धर्मको संरक्षण गर्ने आफू अवतारी बाबा भएको बताउादै भक्तकुमारले सिक्किममा राई समुदायका परम्परामाथि अतिक्रमण गर्नुका साथै आर्थिक लुट मच्चाएको बताए ।
राई समुदायको सबै भन्दा महत्वपूर्ण परम्परागत संस्कृतिका रुपमा रहेको ‘चुला–ढुङ्गा’ को परम्परा देखि सबै संस्कार र संस्कृति माथि आक्रमण हुन थालेको महसुस भएपछि ‘गड एन्जल’का अनुयायीले हेभन्ली पाथ छोड्न थालेका हुन् ।
हेभन्ली पाथ भारतका राष्ट्रिय अध्यक्ष आर बी राईले हेभन्ली पाथ छोडेर आफ्नै संस्कृतिमा फर्किएको बताउादै भने–‘हेभन्ली पाथमा लागेर सारा भारतभरी काम गर्दा आफ्नो जातको संस्कृति मासिएर जाने देखे त्यसैले आफ्नै संस्कृतिमा बााच्न र मर्ने चाहनामा राजीनामा दिांए’ ।
‘सिक्किममा भक्तकुमार र हेभन्ली पाथ भित्र्याउने जी.बी. राईले भने –‘ किरात धर्मको रक्षा गर्छु, पानीमा हिड्छु, ७ वर्षसम्म जंगलीले लगेको भने पछि धर्म गुरु भनेर मान्यौं तर, पछि त म आफंै ‘गुन्ज एन्जल’ पो भएछु, त्यहीदेखि नै यो राईको धार्मिक संस्कृतिको संरक्षणका पक्षमा रहेनछ भन्ने लागेर हेभन्ली पाथ छोडेको थिए आज औपचारिक घोषणा गर्दैछु’ ।
राई समुदायको संरक्षण गर्छु भन्ने भक्तकुमारका केही कुरामा चित्त नबुझेपछि त्यसको प्रतिवाद गर्दा ‘नर्के’ भनेपछि आफूले संगठन छोडेको पी.वी. राईले बताए । उनका अनुसार शुरुमा किरातीपना देखिएपनि पछि त्यसबाट पलायन हुादै हुादै भक्तकुमार छद्म भेषी (बहुरुपी) भएका हुन् । उनले भने –‘शुरुमा किरातीपना मै देखिएका भक्तकुमारका विरुद्ध पहिले मैले बोल्दा एक्लै थिएा खोलाको गीत झै भएको थियो, तर आज सबैले बुझ्दै गएका छन् ।’
त्यसो त शेर्पाकी छोरी राईकी बुहारी जाङ्मु शेर्पाले घर परिवारका कारण हेभन्ली पाथको अभिशेख लिएको बताउादै भनिन–‘यो किरात राई यायोक्खा किरवा जातिको विरुद्धमा रहेछ, म शेर्पाको छोरी भएपनि राईको बुहारी हुा, मेरो छोरा छोरीलाई किरवा राईको संस्कार र संस्कृति परम्परा सिकाउन चाहन्छु, जानी नजानी भ्रममा परेकी रहेछु ।’
सिक्किममा हेभन्ली पाथको महासचिवको जिम्मेवारी सम्हालेका दिनेश राईले–संस्कृतिबाट विमुख बनाउादै लगेको बताए । उनले भने–अब राईको संस्कार संस्कृति र भेषभूषाका सवालमा काम गर्न आवश्यक छ, कसैको भूल–भूलैयामा लाग्नु हुन्न ।’
कार्यक्रममा प्रमुख अतिथि तथा अखिल किरात राई संघका सल्लाहकार एमबी राईले भक्तकुमारले संस्कृतिको संरक्षण र धर्म गुरुको नाममा ढोङ रचेर राई जातिको अस्तित्व नै सिध्याउन खोजेको टिप्पणी गरे । उनले विचार सुनेर मात्र होइन बुझेर विश्वास गर्न सबैलाई सचेत समेत गराए । उनले भने–‘पृष्ठभूमि र विचार बुझेर मात्र विश्वास गर्नुहोस् ।’ यही क्रम जारी रहे अबको १० वर्षमा सिक्किममा राइ जाति नै संकटमा पर्नसक्ने खतरा रहेको पनि उनले बताए । धर्मगुरुका नाममा अन्तराष्ट्रिय सामन्ती सामन्ती सोचका एजेन्टहरुको आक्रमणमा राई जाती पर्न थालेको प्रति सल्लाहकार राईले चिन्तासमेत व्यक्त गरे ।
सिक्किममा गड एन्जललाई कारवाहीको माग गर्दै स्थानीय ठाना चौकीमा प्राथमिकी (एफआर) दिने अभियान नै चलाइएको छ । राज्यका १ सय १० बढी स्थानमा प्राथमिकी दर्ता गराउने अभियान अन्तरगत हाल १२ ठाउाबढीमा प्राथमिकी दर्ता गरिसकिएको अखिल किरात राइ संघका अध्यक्ष चन्द्र खालिङले जानकारी दिए । सिक्किममा हेभन्ली पाथमा झण्डै १५ हजार अनुयायी भएको बताइएको छ ।
कार्यक्रममा अध्यक्ष खालिङले विश्वका राई तथा अन्य समुदायले पनि आ–आफ्ना समुदायको भाषा, संस्कृति, संस्कार, भेषभूषा, परम्पराको संरक्षण गर्ने कार्यमा चनाखो हुन आह््वान गरे ।
भक्तकुमार बारे किरातीको किताव
किरातको धर्म गुरुका नाममा सिक्किम प्रवेश गरेका भक्तकुमारले विस्तारै–विस्तारै किरात धर्म परिवर्तन गराई क्रिश्चियन बनाउन खोजेको आरोप लागेका भक्तकुमार ‘गड एन्जल’ नभइ ठग एन्जल भएको दावी गर्दै भद्रगोल किरातीले पुस्तक नै प्रकाशन गरेका छन् । गेरुवा बस्त्र लगाई हातमा त्रिशुल बोक्ने भक्तकुमारको हातमा रहेको त्रिशुल हराउनुका साथै पहिरन पादरीको सेतो गाउनमा फेरिएको पुस्तकमा उल्लेख छ । किरातीको पुस्तकमा उल्लेख गरिए अनुसार भक्तकुमारले मिरिक, दार्जिलिङ, सिक्किम लगायत राज्यका विभिन्न चर्चमा बाइबल पढेका थिए । प्रभुका विश्वासी रुपमा सोही क्षेत्रमा रहादा वप्तिस्मा (क्रिश्चियन) नामाकरण गर्ने विधी र बाइबल तथा चर्चकै प्रभावमा उनले २०६७ सालमा उदयपुर जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपीमा उल्लेख गरिएको स्वर्गिक दूत ओमनन्दबाट क्रिस्तानी नाम ‘गड एन्जल’ राखिएको हो ।
जीव हत्या गर्नुहुन्न भन्दै राईहरुको चुला ढुङ्गा गरिने पूजा विधीमा भोग दिने चलनको विरोधी रहेका भक्तकुमारले सन् २००६ मा कालेबुङमा हेभन्ली पाथले आयोजना गरेको गुरु छान्ने तीनदिने शिविरमा एकजनाको हत्या नै गरेको पुस्तकमा उल्लेख छ । कालेबुङको बेन्दा निवासी फलामसिंह चामलिङको हत्या भएको उल्लेखित पुस्तकमा लेखिएको छ– ‘हलको बीच भागमा दाउरा थुपारेर आाखा चिम्लिएर आगोमा थुक्दै वरीपरी घुम्नु पर्ने तर आगोमा नथुक्ने र आाखा हेर्नेलाई भगवानको आदेश भन्दै कुट्ने गर्थे । हेभन्ली पाथका क्षेत्रीय उपाध्यक्ष समेत रहेका चामलिङ र धेरै गाउालेले स्वर्गिक मार्गको विश्वास र व्यवहारप्रति शंका गर्न थालेपछि फलामसिंहलाई थुनेर तातो तेल खन्याएर उाधो मुन्टो पार्दै आगोले पोलेर पासविक तरिकाले हत्या गरेको तथा घटना थाहा पाइ प्रहरी घटना स्थलमा पुग्दा प्रहरीलाई नै धम्क्याएका थिए ।
त्यसो त उक्त घटनाबाट श्रीमान गुमाउन पुगेकी फलामसिंहकी श्रीमति दिलमाया चामलिङले कालेबुङ थानामा न्यायका लागि जाहेरी दर्ता समेत गरेकी छन् ।
जन्मदेखि मृत्युसम्मको संस्कार चुला ढुुङ्गा
किरात धर्म अनुसार राई समुदायमा परिवारका कसैको मृत्यु भएमा चुला ढुङ्गामा राखेर विधिपूर्वक उनीहरुलाई पितृ अर्थात ‘गार्जेन’को रुपमा स्थापित गरी अन्त्येष्टी गर्ने चलन रहेको राई अगुवा रुपनारायण राईले बताए । रुपनारायणका अनुसार राई समुदायको परम्परामा चुला ढुङ्गा सबै भन्दा महत्वपूर्ण संस्कार हो । तर हेभन्ली पाथमा त्यो हुादैन । किरात धर्मअनुसार साकेला (साकेन्वा, तोसी, वास) वर्षको दुई पटक अर्थात ६ महिनामा एक पटक मात्र गर्ने गरिन्छ भने क्रिश्चियन धर्म अनुसार साप्ताहिक रुपमा नियमित चर्चमा भेला हुने र भजन किर्तन गर्ने गरिन्छ ।
को हुन् भक्तकुमार राई

10896965_589621587838675_8713340628113428886_nउदयपुरको मैनामैनी–२ मा २०३७ साल चैत्र १७ गते जन्मिएका भक्तकुमारले २०५७ सालमा भक्तकुमार राइका नामबाट उदयपुर जिल्ला प्रशासनबाट नागरिकता लिएका थिए । त्यसपछि २०६७ साल साउन ४ गते भक्तकुमार राई (स्वर्गिक दूत सत्गुरु ॐनन्द) उल्लेख गरिएको नागरिकताको प्रतिलिपी लिएका छन् । उनको नागरिकतामा थपिएको उपाधीबारे उदयपुर जिल्ला प्रशासनमा २०६२ साउन २६ मै निर्णय भएको देखिन्छ । नागरिकता अनुसार उनी जयबहादुरका छोरा कणबहादुर राईका नाती हुन भने आमाको नाम पञ्चेश्वरी रहेको बुझिएको छ । त्यस्तै क्यानडाको नागरिकता प्राप्त गरेको भन्दै भक्तकुमारले उदयपुर जिल्ला पं्रशासन कार्यालयबाट प्रदान गरिएको ४६९३९/३०७८ नम्बरको नागरिकता त्यागेको भन्दै २०७२ चैत्र १३ गते नागरिकता लिएको कार्यालयमा निवेदन दिएर जानकारी गराएका छन् । यस अघि ०७२ चैत्र महिना मै धरान–८ मा रहेको करोडौं मूल्य पर्ने जमिन उनले ८ लाख बढीमा स्थानीय शान्ति राईलाई विक्री गरेका थिए ।
विश्वमा लाखौं अनुयायी भएको दावी गरिएको हेभन्ली पाथ नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, पााचथर, संखसवासभा, धनकुटा, भोजपुर, खोटाङ, काठमाडौ, ललितपुर, भक्तपुरलगायतका जिल्लामा आंशिक प्रभाव रहेको छ भने हङकङ, बेलायत, सिंगापुर लगायत विश्वका ७० देशमा सञ्जाल रहेको बताइएको छ ।
हाल भक्तकुमारले क्यानडामा ‘लभइजम सोसाइटी ट्रष्ट’ नामक संस्था सञ्चालन गर्दै आएको खुलेको छ । तीन जना निर्देशक रहेको उक्त संस्थामा भक्तकुमार स्वयम्, धरान–८ की जुनुदेवी राई (आफ्नै अनुयायी) र केइन होप रहेको बताइएको छ । गुरु फाल्गुनन्दको अवतारका रुपमा ओमनन्दको भएर जन्मिएको दावी गर्दै आफूमा चामत्कारीक अलौकिक शक्ति रहेको बताउदै आएका थिए । अनुयायीहरुलाई पानीमा हिड्ने, पंक्षी झै उड्ने दावी गरेका भक्तकुमारले भने विपरीत पाएपछि अनुयायी उनीतिरै फर्कन थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर