सबैकुरा ठिकठाक भइदिएको भए, बलिउड अभिनेता इरफान खानले नेपालको हिमाली हावा खाने थिए । काठमाडौंको सौन्दर्यमा रमाउने थिए । मठ-मन्दिर घुम्ने थिए ।
किनभने विशाल भारद्वाजको फिल्म नेपालमा छायांकन हुने पक्कापक्की भइसेको थियो, जसमा इरफान र दीपिका पादुकोणले स्क्रिन शेयर गर्दैर्थिए ।
तर, त्यसअघि एउटा अपि्रय खबर फैलियो, ‘इरफान अस्पताल भर्ना ।’ सुरुमा अनेक अडकलबाजी गरिए । उनलाई दुर्लभ र निको नहुने रोग लागेको भनियो । यसलाई खण्डन गरियो । अन्ततः बजारमा फैलिएको हल्ला नै सत्य सावित भइदियो । उनलाई न्यूरोएन्डोक्राइन क्यान्सर भएको रहेछ । जसको उपचार लगभग संभव रहेन ।
यतिबेला उनी उपचाररत छन् । लन्डनको अस्पतालमा । भनिन्छ, स्वास्थ्यमा केही सुधार आएको छ । तर, पक्का के हो भने उनको जीवन अब धेरै लम्बिने छैन । यो कुरा स्वयम् इरफानले पनि बोध गरिसकेका छन् ।
जन्मपछि मृत्यु सुनिश्चित छ । तर, जब मान्छेलाई आफ्नो मृत्युको वोध हुन्छ, तब उनको मनोदशा कस्तो हुँदो हो ?
इरफान त्यही मनोदशाबाट गुज्रदैछन् । आँखै अगाडि आइपरेको मृत्युको भयानक छायाँले उनलाई पक्कै गलाएको होला । थकाएको होला । जीवनका सप्तरंगी सपनाहरु डरलाग्दो भूँमरीमा पारिदिएको होला ।
इरफान यस्ता अभिनेता हुन्, जसले बलिउडको परिधि नाघेर हलिउडसम्म आफुलाई स्थापित गरे । लाइफ अफ पाइ, जुरासिक वल्र्ड जस्ता सर्वाधिक चर्चित हलिउड फिल्म खेले । स्लमडग मिलेनियर, लञ्चबक्स जस्ता उम्दा फिल्ममा अभिनय गरेका उनी पछिल्लो समय ‘करिब करिब सिंगल’ फिल्ममा देखिएका थिए, जसबाट प्रशस्तै तारिफ पनि पाएका थिए ।
हालै इरफानले एसोएटिेड प्रेस (एपी)लाई अन्र्तवार्ता दिए । अर्न्तवातामा उनले आफ्नो स्वास्थ्यस्थितीबारे बताएका छन् । साथै उनले आफ्नो प्रदर्शोन्मुख हलिउड फिल्म ‘पजल’का विषयमा पनि कुराकानी गरे, जुन फिल्म लस एन्जल्स सहित ११ शहरमा सार्वजनिक हुँदैछ ।
कीमोको तीन सेशन पुरा
इरफानले भनेका छन्, ‘कीमोको कुल छ चरणमा चौथो चरण पुरा भयो । ६ चरण पुरा भएपछि फेरी मैले क्यान्सर स्क्यान गर्नुपर्ने हुन्छ । अहिले तेस्रो चरणको कीमोपछि राम्रो नतिजा आएको छ । तर, अझैपनि छैठौ चरणको कीमोसम्मको नतिजा हेर्न बाँकी नै छ । त्यसपछि थाहा हुनेछ कि मेरो अवस्था के हुनेछ ?
-कुनैपनि मानिसको जीवनको कुनै ग्यारेन्टी हुँदैन । मेरो दिमाग अक्सर मलाई भन्छ कि, ‘मलाई यो विमार छ र म केही महिनामा, एक वा दुई बर्षपछि मर्नेछु ।’ म आफ्नो दिमागले भनेको कुरा पुरा खारेज गरेर त्यसतर्फ मोडिन सक्छ, जसमा मलाई जिन्दगीले जीउनका लागि बाटो खुला गरिदिएको छ । र, मलाई जिन्दगीले धेरै मौका दिइरहेको छ । मलाई थाहा छ कि, चौतर्फी अन्धकारले घेरिएको बाटोमा म हिँड्दैछु । मैले देखेको छैन कि मलाई जिन्दगीले के दिइरहेको छ ?
-तपाई सोच्न छाड्नुहोस्, योजना बनाउन छाड्नुहोस् । तब तपाईले जिन्दगीको अर्को रुप अनुभूत गर्न पाउनुहुनेछ । यही कारण मलाई लाग्छ कि मसँग अर्को कुनै शब्द छैन, सिवाय ‘धन्यवाद ।’ कुनै अर्को शब्द छैन । कुनै माग छैन । कुनै दोस्रो अनुरोध पनि छैन ।
इरफानले भने कुनै प्लान छैन
एसोसिएटेड प्रेससँग कुराकानी गर्दै इरफानले भने कि, ‘म अहिले कुनै स्क्रिप्ट पढिरहेको छैन । यो सत्य र भ्रमको असल अनुभव हो । मलाई लाग्थ्यो कि मेरो जीवन यस्तै हुनेछ । तर म यसको कहिल्यै अभ्यास गर्न सक्दैनथे । यो जे भयो, त्यसका लागि मसँग कुनै योजना छैन । म बिहान ब्रेकफास्टका लागि जान्छु, त्यसपछि कुनै योजना हुँदैन । जे कुरा जसरी आउँछ, त्यसलाई उसैगरी स्विकार्छु ।
-यसमा मलाई धेरै सहयोग मिलेको छ, म अब कुनै योजना बनाउनेछैन । यो अनुभव मलाई निकै राम्रो लाग्यो । मेरो जीवनमा केही कमी थियो । मैले त्यसलाई आफैले नष्ट गरें । मैले त्यससँग बेइमानी गरें । यही कुराले मलाई पीडावोध हुन्छ ।
-मलाई थाहा छ, किनभने जुन दुनियामा म छु, त्यसलाई लिने कोसिस गर्नेछैन । म यसलाई प्रेम गर्ने प्रयास गर्छु ।
इरफान खान बलिउडका उम्दा अभिनेता हुन् । उनले बलिउडमा जुन उचाई लिएका छन्, त्यो आफैमा लोभलाग्दो छ । बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी भारतको जयपुर, राजस्थानमा जन्मिएका थिए । सन् १९६७ जनवरी ७ मा ।
इरफानका पिता साहबजादा यासीन अली खान उद्यमी थिए । आमा गृहणी । उनका दुई भाई छन्, सलमान खान र इमरान खान । रुखसाना बेगम नामकी एक बहिनी छिन् ।
उनले राष्ट्रिय नाट्य विश्वविद्यालयबाट प्रशिक्षण लिए । सन् १९९५ मा इरफानले सुतपा सिकदरसँग विवाह गरे । सुतपा पनि राष्ट्रिय नाट्य बिद्यालयमै आवद्ध थिइन् । उनीहरुको कोखबाट दुई छोरो जन्मिए, अयान खान र बबिल खान ।
कार्टुन बनाउथे
करियरको पूवार्द्धमा इरफान खान कार्टुन बनाउथे । स्थानिय अखबार दैनिक भास्कर र स्वदेशमा उनले कार्टुन बनाए ।
दिल्लीको श्रीधरणी आर्ट ग्यालरीमा आफ्नो चित्र प्रदर्शनी गर्ने क्रममा उनी नवभारत टाइम्समा जोडिए । त्यसपछि उनी अरु थुप्रै मूलधारका पत्रिकामा कार्टुन बनाउन थाले ।
बरिष्ठ कार्टुनिस्टको चिनारी बनाइरहेकै बेला उनले आफ्नो टक शो होस्ट गरे, एनडिटिभीमा । यो सन् २००३ को कुरा हो ।
पछि एशियाई कार्टुन प्रदर्शनीमा पनि उनी भारतको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा कार्टुन देखाउन पुगेका थिए ।
त्यसबेला उनी करियरको सुरुवाती चरणमा थिए । उनी सडकमा थिए । दुखपूर्ण जीवन थियो । ठिक त्यही बेला उनको जीवनमा एक युवती आइन्, सुतपा ।
तर, त्यसभन्दा अगाडि उनले अर्को दुखको सामना गर्नुपर्यो । बुबाको मृत्यु भयो । घरको आयस्रोत सबै बन्द भयो । इरफानलाई घरबाट पैसा आउने बाटो बन्द भयो । यस्तै दुखदायी क्षणमा उनले अभिनय सिके । र, त्यसकै लागि निरन्तर डटिरहे । अन्तत टेलिशृंखला हुँदै उनी फिल्मी दुनियाँमा छिरे ।
पहिलो फिल्म
इरफानले ‘सलाम बम्बे’ फिल्मबाट अभिनय यात्रा सुरु गरे । सन् १९६७ मा । त्यसपछि उनी निरन्तर फिल्मी क्षेत्रमै तल्लिन रहे । यसबीचमा इरफानले हसिल, लाइफ इन ए ..मेट्रो, पान सिंह तोमर, लन्च बक्स, जुरासिक वर्ल्ड, लाइफ अफ पाई जस्ता हलिउड, बलिउड फिल्ममा अभिनय गरे ।
इरफान खानसँग जोडिएको विवाद
इरफानले बकरा ईदको विषयमा दिएको एक अभिव्यक्तीले विवादको रुप लिएको थियो । उनको अभिव्यक्तिलाई केही मुस्लिम संगठनले घोर विरोध जनाएका थिए । उनीहरुले भनेका थिए, ‘आफ्नो काममा ध्यान देउ, धार्मिक रीति रिवाजमाथि वयान दिनु आवश्यक छैन ।’
त्यसको जवाफमा इरफानले ट्वीट गर्दै भनेका थिए, ‘भगवान धन्यवाद, म धार्मिक ठेकेदारद्वारा सञ्चालित देशमा बसेको छैन ।’
इरफान खानसँग जोडिएको रोचक कुरा
क्रिकेटर बन्न चाहन्थे- इरफान खान त्यसताका अभिनेता बन्ने सोचमा पुगेकै थिएनन् । खासमा उनी क्रिकेटर बन्न चाहन्थे । तर, उनको भाग्यमा अर्कै लेखिएको रहेछ । उनी क्रिकेटर बनेनन्, अभिनेताबने ।
आफ्नो नाममा ‘आर’- इरफान खान अंग्रेजीमा आफ्नो नाममा दुई वटा आर राखे, आइआरआरएफएएन । अर्थात इरफान । कतिले भन्छन् कि, अंकज्योतिषको कारण इरफानले आफ्नो नाममा एक अर्को आर जोडेका हुन् । तर, इरफानलाई त्यसको साउन्ड राम्रो लागेकाले आर जोडिएको बताएका छन् ।
खान नामले हैरानी-इरफान खानले आफ्नो नामको पछाडि जोडिन आउने खानको कारण यदाकदा दुख झेलेका छन् । अमेरिकी विमानस्थलमा उनलाई कति पटक रोकेर सोधपुछ गरिएको थियो ।
ओस्कार विजेता फिल्ममा कामः-इरफानले ‘स्लमडग मिलियनेयर र लाइफ अफ पाई’ फिल्ममा काम गरे । यी दुबै फिल्मले केही विधामा ओस्कार अवार्ड जितेको थियो ।
इरफानको सम्पति- इरफानले एउटा फिल्ममा अभिनय गरे बापत भारु १२ देखि १४ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । उनको मुम्बईमा एक फ्ल्याट छ, जसमा उनी आफ्ना परिवारसँग बस्छन् । त्यस फ्ल्याइटको मूल्य भारु करिब तीन करोड हो । इरफानसँग चारवटा गाडी छ । उनीसँग करिब भारु ८० करोड बराबरको सम्पति भएको बताइन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 174