Aamsanchar

बल्ल तारजाली पठाइयो

Author Image
शनिवार, साउन १५, २०७३

काठमाडौँ, ।

garjali_nepal

भू तथा जलाधार संरक्षण विभागले बाढीपहिरोले क्षति पु¥याएको चार जिल्लामा तारजाली पठाएको छ।
विभागका महानिर्देशक गेहेन्द्रकेशरी उपाध्यायले पछिल्लो एक सातामा मुलुकको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र भूक्षय रोक्न तत्काल तारजाली पठाइएको जानकारी दिनुभयो ।
विभागले पहिलो चरणमा सिन्धुपाल्चोक, रूपन्देही, धादिङ र दाङलाई १० टन तारजाली पठाएको छ । “उक्त तारजाली एक दुई दिनमा सम्बन्धित जिल्लामा पु¥याउँछौँ,” उपाध्यायले भन्नुभयो ।
दोस्रो चरणमा प्यूठान, कास्की, गुल्मी र सप्तरीमा तारजाली पठाउने तयारी भइरहेको विभागले जनाएको छ । महानिर्देशक उपाध्यायले तारजाली थोरै भएकाले मन्त्रालयसँग तत्काल बजेट माग्ने तयारी भइरहेको स्पष्ट पार्नुभयो ।
विभागले मुलुकभर ६१ जिल्लाका जिल्ला भू–संरक्षण कार्यालयमार्फत भू तथा जलाधारको क्षेत्रमा काम गर्दै आएको छ । जलवायु परिवर्तनका कारण पछिल्लो समय मुलुकमा अतिवृष्टि र खण्डवृष्टिले गर्दा धेरै मानिसको ज्यान जानुका साथै थुप्रै बाढिपहिरो तथा भूक्षय भएको छ । असार, साउन र भदौमा सबैभन्दा धेरै बाढीपहिरो जानुका साथै भूक्षय हुने गरेको विभागले
जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर