Aamsanchar

फ्रुटीमा विषादी मिसाएर ससुरालीको हत्या प्रयास

Author Image
शनिवार, साउन १५, २०७३

भोजपुर ।

फ्रुटीमा विषादी मिलाएर ससुरालीको हत्या गर्न खोज्ने षडानन्द नगरपालिका–२ का रुद्रबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।

पैँतीस वर्षीय विश्वकर्माले ससुरालीे बेलनबहादुर विश्वकर्माको घरमा रियो फ्रुटीमा साइबैर –२५ नामक विषादी सिरिन्जद्वारा लगाई भान्सा कोठामा राखिदिएका थिए ।

विश्वकर्माले साउन १० गते राति १२ बजेको समयमा विषादी मिसाएको फ्रुटी भान्सा कोठामा राखिदिएका र सो फ्रुटी भोलिपल्ट बिहान बुहारी अप्सरा विश्वकर्माले खाएपछि विषादी मिसाएको पत्ता लागेको थियो ।

उनलाई बुधबार पक्राउ गरी जिप्रकामा ल्याई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर