Aamsanchar

कनकाई उद्योग वाणिज्य संघमा कुमारमणिको प्यानलै विजयी

Author Image
शनिवार, साउन १५, २०७३

झापा । 

kumarmani ko team

कनकाई उद्योग वाणिज्य संघमा संयुक्त व्यवसायी प्यानलले सबै पदमा विजयी हासिल गरेको छ । प्यानलबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कुमारमणि पोखरेलले साझा प्यानलको तर्फबाट अध्यक्ष पदमा उठेका लीलाप्रसाद चिमरियालाई पराजित गरेका हुन् । पोख्रेलले ४४६ मत प्राप्त गरे भने चिमरियाले ४२८ मत प्राप्त गरे ।

कनकाई उद्योग वाणिज्य संघमा वर्तमान सदस्य तथा कनकाई अतिथि सदन निर्माण समितिका संयोजक भई काम गरेका पोखरेल सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका फस्ट भाइस प्रेसिडेन्ट, दुर्गापुर बजार व्यवस्थापन समितिका उपाध्यक्ष, भृकुटी उच्च मावि दुर्गापुरका विद्यालय व्यवस्थापन समितिका सदस्य, रोटरी क्लब विर्तामोडका संस्थापक सदस्य लगायतका जिम्मेवारीमा रही सामाजिक सेवामा रहेका छन् ।

शालीन र बौद्धिक व्यक्तित्वका धनी पोखरेलले व्यापारी–व्यवसायीको हित एवम् बन्द निषेधित सुरुङ्गालाई निरन्तरता दिने लगायतका मुद्दालाई आफूले प्राथमिकतामा राखेको र स्वस्थ प्रतिष्पर्धा गर्न आफूले चाहेको बताएका थिए ।

त्यसैगरी संयुक्त व्यवसायी प्यानलका तर्फबाट उपाध्यक्षमा मिनाल तिम्सिना (४४९) र कृष्णप्रसाद चुडाल (४४८), महासचिवमा सोमनाथ उप्रेती (४५२), सचिवमा जीवन चुडाल (५२५) र ख्यामप्रसाद ओली(५४७), कोषाध्यक्षमा खिनमाया खतिवडा (४३९), सदस्यहरुमा श्रीप्रसाद खरेल (४९५), विश्वविजय खरेल (४५७), अनिल गोयल (४४९), पुण्यप्रसाद सिटौला(४३८), सहरमान कटुवाल (४७०) तथा महिला सदस्यमा भगवती कटुवाल (४७३) र नमिता काफ्ले (४२७) मत प्राप्त गरि विजयी भएका छन् ।

साझा प्यानलका वाणिज्य उपाध्यक्षमा जनक कार्की, उद्योग उपाध्यक्षमा डिल्लीराम पौडेल, महासचिवमा तुलसी बिमली, वाणिज्य सचिवमा डीपी गौतम, उद्योग सचिवमा पुण्यप्रसाद ओझा, कोषाध्यक्षमा भरतकुमार अधिकारी र सदस्यहरुमा गंगाराम गजुरेल (सञ्जय), मानबहादुर श्रेष्ठ (रोशन), शिवशंकर महासेठ, डिल्ले राई, छत्रप्रसाद पाण्डे, महिला सदस्यमा शान्ता अधिकारी र कविता बस्नेतलाई उनीहरुले पराजीत गरेको निर्वाचन समितिले जनाएको छ । हिजो भएको मतदानको मत परिणम आज बिहान सार्वजानिक भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)