Aamsanchar

पाँच वर्षदेखि अमेरिका बस्दै आएकी नायिका युना उप्रेती आमा बन्दै, आमा बन्न लागेको खुसी यसरी व्यक्त गरिन

Author Image
बुधवार, साउन ३०, २०७५

काठमाडौं ।

विगत पाँच वर्षदेखि अमेरिका बस्दै आएकी नायिका युना उप्रेती आमा बन्ने भएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफू बन्न लागेको खबर सार्वजनिक गरेकी हुन् ।उनले स्टाटस लेख्दै भनेकी छन् । मेरा बच्चाले आमा बन्ने अवसर दिएको छ । यो सबैभन्दा ठूलो उपहार हो । सबै चिव परिवर्तन हुन्छ, तर मैले सुन्दरता, माया र शक्ति प्राप्त गरेकी छु ।

 

’कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकी उनले त्यहीँ बस्दै आएका विकास अधिकारीसँग विवाह गरेकी थिइन् । युनाले अभिनय गरेको पहिलो चलचित्र ‘पर्खिबसेँ’ हो । अमेरिका जानुअगाडि उनले ‘प्रीतिको फूल’ चलचित्रमा काम गरेकी थिइन् ।

युनाले आफैं व्यवस्थित नभई सन्तान जन्माउँदा कठिनाइ बढ्न सक्ने सोचेर ढिलो गरेको बताएकी छन् । युनाका श्रीमान् विकास अमेरिकामा मेडिकल अफेयर्समा काम गर्छन् ।उनले अहिले सम्म १४ वटा नेपाली चलचित्रमा सफल अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (०)

सम्बन्धित खबर