गोरखा ।
गाई मारेको अभियोगमा प्रहरीले गोरखाको खरिबोट गाविस– २ केपुङका २५ वर्षीय भगवान् कामी र सोही ठाउँका १७ वर्षीय सोमबहादुर नेपालीलाई पक्राउ गरेको छ ।

गाईको मासुसहित शुक्रबार पक्राउ परेका उनीहरुलाई गौ बध मुद्दामा कारबाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यस्तै प्रहरीले गोरखा नगरपालिका–१४ का कमल कुमालको घरबाट नगद तथा सुनका गहना चोरी गरेको आरोपमा तनहुँको आँबुखैरेनी–८ की २३ वर्षीया सीता थापालाई पक्राउ गरेको छ । थापाको साथबाट रु छ हजार, दुई तोला सुन र चेक बरामद गरिएको उहाँले बताउनुभयो ।
Views: 134

