काठमाडौं ।

मह संचार र किरण केसीको संयुक्त रुपमा निर्माण हुने नयाँ चलचित्र ‘दालभात तरकारी’ को अफिसियल घोषणा भएको छ।

राजधानीमा औपाचिरक कार्यक्रम गरेर घोषण गरिएको चलचित्रमा कलाकारको जम्बो टोलि रहेको छ। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य देखि पुष्पल खड्का सम्मको अभिनय चलचित्रमा रहनेछ। तर चलचित्रमा धेरैको चासोको बिषय रहेको छ अभिनेत्री निरुता सिंहको कमव्याक। चलचित्रमा निरुता हरिवंश आचार्यको जोडीको रुपमा देखिदैछिन्।

तर चलचित्रमा निरुता सिंह भन्दा अगाडी चलचित्रमा मनिषा कोईरालालाई अफर गरेको समाचार बाहिरिएको थियो। तर हरिवंशले मनिषालाई अफर नगरेको बताएका छन्। उनि भन्छन्,’ हामीले मनिषा जी लाई अफर गरेको भए पनि सायद त्यो असम्भव हुने थिएन होला तर हामीले उहालाई अफर गरेका थिएनौ। निरुता सिंह नै हाम्रो रोजाईमा हुनुहुन्थ्यो। समाचार बन्नु प्रचारको लागी फाइदाजनक नै हो। ‘



