Aamsanchar

पत्रकारिता समाज परिवर्तन गर्ने पेशा हो

Author Image
सोमवार, भदौ ४, २०७५

अमित संग्रौला, हाल युएई

कुनै पनि सत्यतथ्य सूचनालाई सम्पादक गर्नु छापा माध्यम तथा विद्युतिय माध्यममा प्रशारण तथा प्रकाशन गर्नुलाई पत्रकारिता भनिन्छ ।आजको यो समयमा पत्रकारिता गर्नु धेरै आवस्यक छ ।

समाज परिवर्तन र रुपान्तरणको लागी पत्रकारिताले महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ ।यो पेशा समाज परिवर्तन गर्ने पेशा हो ।सूचना पाउनु सबैको अधिकार हो ।कुनैपनि सूचनाबाट बन्चित हुन नपाउन ।सूचनाको सहि उपयोग गरेर अरुलाई सूचना प्रदान गर्न सकिन्छ ।त्यसकारण असल पत्रकारिता गर्नेको खाँचो परेको अनुभव गर्न सकिन्छ ।

पत्रकारिताले समाजलाई सहि दिशामा लैजान मद्दत पुर्याउछ । समाजमा भएको बढ्दो विकृति विसङ्ती बेथितिलाई हटाउन सक्नुपर्छ । देशमा भ्रष्टाचारले जडो गाडेको छ ।यस्ता विकृति फैलिएको छ । पत्रकारिताको माध्यमबाट खबरदारी गर्ने हो ।आजको पत्रकारिता बुलन्द हुन सक्नुपर्छ ।

हिजो समय र आजको समय फरक भइसकेको छ । हिजो हिजो सिमित कुराहरुले पुग्थ्यो भने आज असिमित आवस्यकताहरु बढेको छ ।समय जति बित्दै गयो उतिनै मान्छेका धारणाहरु परिवर्तनको भएको छ ।समाजमा अझैसम्म अन्धविश्वास कुप्रथाहरु ती कुराहरु हटाउदै लानुपर्छ । आर्थिक विकास र समृद्धिको लागि यो अभिन्न अङ्ग हो । यो क्षेत्रमा समाजलाई सकारात्मक बनाउन सक्छु र, केहि कुरा दिन सक्छु भन्ने भाव भएकाहरुले यो क्षेत्रमा सफल भएको देखिन्छ ।

यो क्षेत्रमा आउनलाई नि स्वार्थ भाव भएर आउन सक्नुपर्छ ।सहि सकारात्मक सकारात्मक सूचनाले समाज परिवर्तन गर्न सक्छ ।तसर्थ यो पेशा मर्यादित र अनुशासित हुनुपर्छ ।सबै जाति समुदाय वर्गमा सूचनाको पहुँच पुग्न जरुरी छ ।पत्रकारितालाई आवाज विहीनको आवाज पनि भन्ने गरिन्छ ।देशको आर्थिक विकास र उन्नतिमा यसले महत्त्वपूर्ण भुमिका खेल्दछ ।

यसमा लागेपछि निस्वार्थ भएर लाग्नुपर्यो ।यस्तो मर्यादित पेशामा लागेर पनि आचारसंहिताको उल्लंघन गरेको देखिन्छ ।चर्चा कमाउन विभिन्न अपराधीक बन्न पुगेका छन् । यो पेशा आफ्नो लागि गरिने समाजको लागी गरिने हो ।त्यसकारण पत्रकारिता समाज परिवर्तन गर्ने पेशा हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर