Aamsanchar

एक वर्षमा ८ लाख ७० हजार ३४६ पासपोर्ट बन्यो,छ अर्ब राजस्व

Author Image
मङ्गलवार, साउन १८, २०७३

password

काठमाडौँ ।

आव २०७२÷७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रु एक अर्ब २६ करोड ६० लाख ७० हजार राजस्व सङ्कलन भएको विभागका निर्देशक रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । सरकारले आठ लाख ७० हजार ३४६ मेसिन रिडिएवल पासपोर्ट एमआरपी राहदानीबाट सो राजस्व सङ्कलन गरेको हो ।

विभागले दुई लाख ६९ हजार ९४४, जिल्लाबाट चार लाख ७३ हजार ७९५ र कुटनीतिक नियोगबाट एकलाख २६ हजार ६०७ राहदानी वितरण गरेको थियो । भूकम्प र नाकाबन्दीका कारण अघिल्लो आवको तुलनामा गत आवमा राहदानी लिनेको सङ्ख्या घटेको बताइको छ । गत आवमा १३ लाख ३७ हजार ८३८ व्यक्तिले राहदानी लिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)