Aamsanchar

बरिष्ठ पत्रकार निर्भिकको निधन,महासंघद्धारा दु:ख व्यक्त

Author Image
बुधवार, साउन १९, २०७३

dilliram nirvik

बिर्तामोड ।
बरिष्ठ पत्रकार डिल्लीराम निर्भिक(लुइाटेल) को ७८ बर्षको उमेरमा निधन भएको छ । ब्रेन ट्युमरबाट पीडित पत्रकार निर्भिकको साउन १९ गते बुधवार विहान काठमाडौंस्थित निवासमा निधन भएको हो ।
यसैबीच नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले बुधवारमै शोक विज्ञप्ति जारी गरी उक्त दु:खद् घटना महासंघ झापा शाखा स्तब्ध र मर्माहत बनेको जनाउनु भएको छ ।
बरिष्ठ पत्रकार निर्भिकको निधनले नेपाली पत्रकारिता जगतले एक अनुभवी र कुशल पत्रकार गुमाउनुका साथै सो घटनाले नेपाली पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको महासंघ झापाको शोक वक्तव्यमा उल्लेख छ । नेपाल पत्रकार महासंघ झापा शाखा शाखाले स्व. निर्भिकको आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दु:खको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
वि.स. १९९५ साल माघ २ गते इलामको शान्तिपुरमा जन्मनुभएका निर्भिक झापालाई कर्म थलो बनाई ५ दशकभन्दा लामा पत्रकारिता गर्नुको थियो । २०२० सालबाट पत्रकारिता शुरु गर्नु भएका निर्भिकले पञ्चायत मासिक, विवेचना मासिक, सिद्धार्थ पाक्षिक/साप्ताहिकको सम्पादन गर्दै २०३९ सालदेखि मेची अञ्चलकै पहिलो दैनिक पत्रिका ‘हिजोआज’को प्रकाशन शुरु गर्नु भएको थियो । हिजोआज दैनिकको उहाा प्रधान सम्पादक हुनुहुन्थ्यो । उहााले गोर्खापत्र, समीक्षा, द कमनर, मातृभूमि, नेपाल सन्देश लगायत धेरै पत्रपत्रिकामा सेवा गर्नुभएको थियो । नेपाल पत्रकार संघ र महासंघबीच समन्वय गरी पत्रकारहरुको छाता संस्थाको रुपमा महासंघ स्थापित गर्न निर्भिकको संयोजकत्वमा झापामा पत्रकारहरुको जिल्ला स्तरीय समिति समेत बनेको थियो । उहाा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद, प्रेस काउन्सिल नेपालको सदस्य, नेपाल सम्पादक समाजको केन्द्रीय सदस्य रहेर समेत जिम्मेवारी सम्हालिसक्नु भएको थियो । तत्कालीन भद्रपुर–१५(हाल ८ नम्बर वडा)का स्थायी बासिन्दा निर्भिक तीन बर्षदेखि काठमाडौमै बसोबास गर्दै आउनुभएको थियो । २०३१ सालमा तत्कालीन प्रशासनले उहाालाई गिरफ्तार गरी साढे ५ महिना कारागारमा राख्नुका साथै पत्रिकालाई समेत प्रतिबन्ध लगाएको थियो ।
स्व. निर्भिककी श्रीमती पार्वती शर्मा र दुई छोरा अर्पण र अञ्जन हुनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)