विश्व स्वस्थ्य संगठनको अनुसार एघार वर्षदेखि उन्नाइस वर्षको अवधीलाई किशोरावस्था भनिन्छ ।
यो समय धेरै महत्त्वपूर्ण समय हो ।शारीरिक मानसिक र भावनात्मक रूपमा तिव्ररूपमा विकास हुने गर्दछ ।जीवनकै जटिल समय भन्न सकिन्छ ।त्यसकारण आमाबाबुले बिशेष ख्याल राख्नुपर्ने हुन्छ यो समयमा आएको परिवर्तन नबुझ्दिएर उनीहरु बाटो बिराउन पुगेका छन् ।
अहिले त झन् ९/१० कक्षा पढ्दा आउने शारीरिक र मानसिक परिवर्तन ६/७ कक्षा पढ्दाखेरि नै आइदिन्छ। यो देखेर मलाई अचम्म लाग्छ ।आजका कयौं किशोर किशोरीहरु कुलत तथा दुर्बसनमा फस्न पुगेको देखिन्छ ।अभिभावकले पनि आफ्ना छोराछोरीको भावनाको कदर र सम्मान गर्न जान्नुपर्छ ।म अभिभावक हुँ भन्दैमा गाली गलोज गर्ने हप्काउने गर्ने गर्छन् ।जसले गर्दा उनीहरुको मनोविज्ञानमा असर पर्न जान्छ ।
किशोरावस्थामा पुगेपछि माया सद्भाव साथ सहयोगको खाँचो परेको हुन्छ ।आफ्ना कुरा प्रष्टरूपमा भन्न सक्तैन ।सबैसँग घुलमिल र सहज अनुभव गर्ने वातावरण हुनुपर्छ ।चरीत्र निर्माणमा सस्कार पहिलो आधार हो ।त्यसैले असल सस्कार र शिक्षाको जरुरी देखिन्छ ।व्यवहारिक शिक्षाको कमि चेतनाको अभावले गर्दा राम्रो सस्कार दिन सक्तैनन् ।
आफ्ना छोराछोरी असल बनुन ।ज्ञानी बनुन र राम्रो बाटोमा लागुन भन्ने सबै अभिभावकले चाहना हुन्छ तर , अभिभावक नै छोराछोरी को अगाडि मदिरा खाने धूम्रपान मध्यपान गर्ने गर्छन् ।जसले उनीहरुको मनोविज्ञानमा असर पर्न जान्छ ।सर्वप्रथम त अभिभावक नै अनुशासित र सब्य हुन सिक्नुपर्ने हुन्छ ।त्यो भएर स्कुल कलेजमा पहिला अनुशासन सिकाइन्छ ।
अनुशासन भनेको धार्मिक नैतिक र समाजको नियमभित्र बस्नुलाई अनुशासन भनिन्छ ।जसले चरीत्र निर्माणमा ठूलो सहयोग पुर्याएको हुन्छ ।आज भोलि त भागडैद र व्यस्त जीवनको समय छ ।परिवारको सदस्यसँगै बस्ने खाने र खुलेर कुरा गर्ने अवसर नै पाउदैनन् ।त्यसैले अभिभावक र सन्तान बीचको दुरी लम्बिदै गएको छ ।त्यसकारण उनीहरुलाई माया गरौं ख्याल गरौं ।जीवनमा असल बन्नलाई प्रेरणा बनेर त्यसैले आफ्ना छोराछोरीको मनोविज्ञान बुझ्न् जरुरी देखिन्छ ।