Aamsanchar

सूर्यको वरिपरि इन्द्रेणीको घेरा: शुभ कि अशुभ ?

Author Image
बुधवार, साउन १९, २०७३

sun

झापा ।
बुधबार दिउसो झापासहित नेपालका अधिकांश भूभागबाट सूर्यमा एउटा अनौठो दृष्य देखियो । सूर्यलाई इन्ऽेणीले घेरेको देखिएपछि आम सर्बसाधारणमा कुनै अनिष्ट पो हुने हो कि भन्ने चिन्ता देखिन थालेको छ ।
प्रचण्ड प्रधानमन्त्री हुने दिन देखिएको यस्तो दृश्यलाई धेरैले सरकारका लागि अशुभ हुने अनुमान गरे । सर्वसाधरणले यस्तो घेरालाई कुनै नयाा संकटको संकेत भनेर ब्याख्या गर्न थालेका छन् ।
सूर्यमा यस्तो इन्ऽेणीजस्तो घेरा देखिएपछि अहिले यो विषयमा विभिन्न खाले टिकाटिप्पणी सुरु भएको छ । कोहिले यो देखिनु अशुभ भनिरहेका छन् भने कतिले शुभ संकेत र मौसमी प्रभाब रहेको बताएका छन् ।
तर, यो कुनै संकटको संकेत नभई मौसममा आएको बदलावका कारण देखिएको दृष्यमात्रै हो । जल तथा मौसम विज्ञान विभागले ‘सिरो स्टाटस’ नामक बादलका कारण सूर्य वरिपरि इन्ऽेणीको घेरा बनेको जनाएको छ । विभागका अनुसार यसलाई हेलो फेनोमेना भनिन्छ ।
दश किसिमका बादलमध्ये ‘सिरो स्टाटस’ नामको बादलमा पानीको मात्रा धेरै हुने भएकाले सूर्यका किरणले त्यसलाई पार गर्दा यस्तो घेरा बन्ने मौसमविद्हरु बताउाछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर