Aamsanchar

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, ग्यासमा २५ रुपैयाँ वृद्धि

Author Image
बिहिवार, भदौ २१, २०७५

काठमाडौं ।

इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुनः इन्धनको मूल्य वृद्धि गरेको हो।

बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो।

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै पेट्रोलको नयाँ मूल्य १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मूल्य १४ सय रुपैयाँ पुगेको थाहाखबरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर