Aamsanchar

दुर्घटना ग्रस्त क्षेत्रमा स्पिड लिमिट राख्दै ट्राफिक प्रहरी

Author Image
बिहिवार, भदौ २१, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड ।

तिब्र गतिमा रहेको ट्रिपरले ठक्कर दिएर करिब २०–४० मिटर सम्म घिर्सादा झापाको बुद्धशान्तिमा एक युवकले ज्यान गुमाए । बुद्धशान्ति गाँउपालिका–३ मा गत असार १० गते बा १ क ६२८१ नम्बरको ट्रिपरले ठक्कर दिदाँ मे ७ प ४१८२ नम्बरको मोटरसाइकलमा सवार लक्ष्मिप्रसाद खतिवडाको मृत्युभयो ।

तिब्र गतिकै कारण अधिकांश दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । घुटना भएर मानिसको मृत्युभएपनि छनबिन हुनुभन्दा मृत्यु नै हुन नदिन ट्राफिक प्रहरी सक्रिय रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए ।

बिहिबार बुद्धशान्तिमा भएको घुटना स्थल नजिकै गनि नियन्त्रण (स्पिड लिमिट) बोर्ड सडक किनारमा गार्डदै प्रहरी निरीक्षक राईले भने–यस स्थानमा तिब्र गतिकै कारण गत असारमा एक युवकले ज्यान गुमाउनु प¥र्यो अब यस्तो अवस्था नआओस् भनेर हामीले यस्ता चेतनामुलक बोर्डहरु राखेका छौं ।

सडक विभागले गर्नुपर्ने काम भएपनि दुर्घटना भएपनि त्यसको सम्पूर्ण दोष ट्राफिक प्रहरीमा थोपर्ने गरिएकाले सकेसम्म आफैले काम गरिरहेको उनको भनाई छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलामबाट ओरालोबाटोमा तिब्र गतिमा सवारीहरु आउने गरेकाले सडक किनारमा स्पिड लिमिट बोर्ड राखेको ट्राफिक प्रहरी निरीक्षक राईले बताए ।

मेची राजमार्ग अन्र्तगत झापाको चारआलीदेखि सिमावर्ती जोरकलशसम्मको १५ किलोमिटर सडक क्षेत्रमा स्पिड लिमिट बोर्डहरु गाडिएको जनाइएको छ । १५ वटा बोर्डलाई दुर्घटना क्षेत्रको पहिचान गरेर सडक किनारमा राखिएको ट्राफिक प्रहरी निरीक्षक राईले बताए । बुद्धशान्ति गाँउपालिकाले बोर्ड राख्न सहयोग गरेपनि इलाका प्रहरी कार्यालय बुधबारे र जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले बिहिबार मेचीराजमार्ग सडक क्षेत्रमा बोर्डहरु राखेको हो ।

सडक किनारमा ट्राफिक जनचेतनामुलक सन्देश, स्पिड लिमिट, ट्राफिक संकेत, सडकको अवस्था लगायतका जानकारीहरु सडक विभाग अन्र्तगत सडक डिभिजन कार्यालयले राखनुपर्ने प्रावधान रहेपनि पूर्वका जिल्लामा सडक डिभिजन कार्यालयले केही काम गरेको पाइदैन् । सडक जामभएमा खुलाउने तथा सवारी नियम उल्लघन गर्नेलाई कारबार्ही गर्ने जिम्मेवारी मात्र पाएको ट्राफिक प्रहरीले यातायात कार्यालय, सडक डिभिजन कार्यालय सबैको काम गर्दै आएको ट्राफिक प्रहरी निरीक्षक राईले बताए ।

भ्mापामा मुख्य तथा सहायक राजमार्गहरुमा पनि ट्राफिक प्रहरीले स्पिड लिमिट बोर्डहरु राख्ने कामलाई तिब्रता दिएको जनाइएको छ । स्पिड लिमिट बोर्ड राखेपनि ट्राफिक प्रहरीले राजमार्ग क्षेत्रमा तोकिएको भन्दा तिब्र गतिमा सवारी कुदाएको पाइएमा कारबार्ही गर्ने उनको भनाई छ । ट्राफिक प्रहरी निरीक्षक राईले भने–हामीले सडक किनारमा कति गतिमा सवारी सञ्चालन गर्ने भनेर स्पिड लिमिट बोर्ड राखेका छौं अब त्यसको निगरानी राडरगानको प्रयोगबाट गर्ने छौं । ट्राफिक नियम उल्लघन गर्नेलाई कडाकारबार्ही गर्ने भन्दै राईले आफ्नो सुरक्षा सबैले गर्नुपर्ने बताए । उनले ट्राफिक प्रहरीका लागी हेल्मेट नलगाउन आग्रह गर्दै हेल्मेट आफ्नै सुरक्षा हो भन्ने बुझन् सबैसंग आग्रह गरे ।

जिल्ला ट्राफिक प्रहरीको पहलमा विभिन्न संघसंस्थाको सहयोग तथा नगरपालिका र गाँउपालिकाको सहयोगमा झापाको पाँडाजुगीबाट र्गारिगञ्ज सडक क्षेत्रमा २५, दमकबाट ताराबारी सडक क्षेत्रमा ६, माइधारबाट पाँडाजुगी सडक क्षेत्रमा ८ तथा माइधारबाट कांकरभिट्टासम्म पनि विभिन्न संख्यामा स्पिड लिमिट बोर्डहरु राखिएको ट्राफिक प्रहरी निरीक्षक राईले जानकारी दिए ।

झापामा भएका अधिकांश सवारी दुर्घटनामा तिब्रगति रहेकाले आफुले नियन्त्रण गर्ने सक्ने अवस्थामा मात्र सवारी सञ्चालन गर्न उनले सुझाव समेत दिएका छन् । १५ वटै स्थानीय तहले सडक सुरक्षा सम्बन्धि सामुहिक प्रतिबद्धता जनाएकाले अब झापामा सवारी नियम उल्लघन गर्नेको संख्यामा कमी आउने ट्राफिक प्रहरीले विश्वास ब्यक्र गरेको छ । राडरगानको प्रयोगलाई राजमार्ग तथा सहायक मार्गहरुमा तिब्र रुपमा अगाडि बढाएकाले तिब्रगतिका कारण हुने मृत्युदरमा समेत कमी आउने ट्राफिक प्रहरी निरीक्षक राईले विश्वास ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर