Aamsanchar

सिंहदरवारमा नांगै विरोध प्रदर्शन गर्ने बिकेनले भद्रपुर नगरपालिका अगाडी अर्धनग्न प्रर्दशन गरे

Author Image
शुक्रवार, भदौ २२, २०७५

पार्थ मण्डल / भद्रपुर ।

सिंहदरबारअगाडि नाङ्गो विरोध प्रदर्शन गरी देशभर चर्चित बनेका झापाका बिकेन लिम्बूले शुक्रबार बिहान भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरेका छन्।

भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ स्थित पृथ्वीनगर निवासी बिकेन लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रर्दशन गरेका हुन्।

लिम्बू नेतृत्व चेतनशील युवा समूहका युवाहरुले भद्रपुर बसपार्कबाट अर्थनग्न विरोध र्याली निकाल्दै भद्रपुर बजार परिक्रममा गर्दै भद्रपुर नगरपालिकाअगाडि पुगेर विरोध प्रदर्शशन गरेका थिए। युवाहरुले अर्धनग्न विरोध प्रदर्शन गरेपछि प्रहरीले भद्रपुर नगरपालिकाअगाडि पुग्नुअघि नै बाटोमा रोकेका थिए।

प्रहरीले रोकेपछि युवाहरुले भद्रपुर नगरपालिका र प्रहरीविरुद्ध चर्को नारावाजी गरेका थिए। युवाहरुले चर्को नाराबाजी गरेपछि प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न भन्दै नगरपालिकाअगाडि जान अनुमति दिएका थिए। करिब एक घण्टा गरेको विरोध प्रदर्शनका नेतृत्व गरेका लिम्बूले भने, ‘नगरपालिकाले शुक्रबार जनताको करबाट तिजको दर खुवाउने कार्यक्रम गर्न लागेको भन्दै विभिन्न मिडियामा समाचार आएकोले त्यसको विरोधमा प्रदर्शन गरेका हौँ।’

तीज जस्तै अन्य धर्महरुको पर्व पनि नगरपालिकाले मनाउनुपर्ने भन्दै उनले भने, ‘सबै धर्म एक हो, सबै धर्मलाई सम्मान गर्नुपर्नेछ।’ नगरपालिकाले नगरमा बसोबास गर्ने सबै जातजातिका लागि तीज कार्यक्रम जस्तै रकम छुट्टाएर मनाउनुपर्नेमा तीजलाई मात्र प्रोत्साहन दिनु उचित नभएको स्थानीय युवा किशोर थापाले बताए।

यता, नगरपालिका अगाडी युवाहरुले अर्धनग्न प्रर्दशन गरेपछि प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसँगको सहकार्यमा युवाहरुसंग छलफलका लागि सहजिकरण मिलाइदिएका थिए।

लुगा लगाएर वार्ता

नगरपालिकामा भित्र लिम्बूसहित गएका युवाहरुले लुगा लगाएर नगर प्रमुख श्रेष्ठसमक्ष गुनासाहरु पोखेका थिए। युवाहरुको गुनासा सुन्दै नगर प्रमुख श्रेष्ठले भने, नगरपालिकाले एउटा जाति विशेष कुनै पनि कार्यक्रम नगर्दै आइरहेको प्रस्टाए। उनले नगरपालिकाले आयोजना गरेको तीज कार्यक्रममा दर मात्रै नभई, त्यस कार्यक्रममा महिलामाथि हुने यौनजन्य हिंसा, बालमैत्री स्थानीय शासन तथा खुल्ला दिशामुक्त अभियानका नाटक, प्रत्येक वडाका ज्येष्ठ आमालाई अभिनन्दन लगायतका कार्यक्रम गर्न लागेको बताए।

नगरपालिकाले नगर भित्रका विभिन्न जातजाति, भाषाभुषा, धर्मसंस्कृतिको जगेर्ना गर्ने उदेश्यले प्रत्येक शिर्षकमा बजेट छुटाइ कार्यक्रम गर्दै आइरहेका उनले अवगत गराएका थिए । नगर प्रमुख श्रेष्ठले युवाहरुलाई भने, आगामी दिनमा तँपाईहरुसंगको सहकार्यमै यस्ता कार्यक्रमको आयोजना गरिने आश्वासन दिएपछि युवाहरु सहमत भएका थिए । युवाहरु सहमत भएपछि उनीहरु फर्किन बाध्य भए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर