Aamsanchar

प्रचण्ड देशद्रोही हुन् भनेपछि…

Author Image
बिहिवार, साउन २०, २०७३

काठमाडौं,

sato

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो ।

खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटब्युरो सदस्य हिमाल शर्माले गरेका थिए ।
करिब ५० जनाको हाराहारीका केन्द्रका कार्यकर्ताले मैनबत्ती बालेर विजय उत्सव मनाइरहेका बेला एकजना अर्धनग्न युवा प्रचण्ड देशद्रोही हुन् भन्दै नारा लगाउन थाले ।

माओवादीको वाहीवाही र जिन्दाबाद नारा लागिरहेको बेला शरीरमा प्रचण्ड देशद्रोही हुन्, विकासविरोधी हुन् भन्ने नारा लेखेर ती युवा चिच्याउन थालेपछि उनी माओवादी केन्द्रका कार्यकर्ताको निशानामा परे । कार्यक्रममा सहभागीले ती युवालाई पिट्न थाले ।

लगत्तै प्रहरीले हस्तक्षेप गरेर माइतीघर नजिकै सैनिक मुख्यालयको कम्पाउन्डभित्र युवालाई पुर्‍यायो । ती युवा थिए, स्युचाटार निवासी श्याम खत्री । कार्यक्रम सकिएपछि खत्रीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगियो । उनले आफू कुनै पार्टीसँग सम्बन्धित नरहेको प्रहरीलाई जानकारी गराएका छन् ।

प्रचण्डले भारतीय इसारामा केपी ओली नेतृत्वको सरकार ढलाएर विकासविरोधी काम गरेको आरोप खत्रीले लगाएका छन् । प्रहरीले उनलाई वृत्तकै हिरासतमा राखेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)