Aamsanchar

भारतमा यसरी समातिए तनुजाका हत्यारा

Author Image
बिहिवार, साउन २०, २०७३

pakrau
भद्रपुर ।
बालिका बलात्कार पछि घााटी रेटेर हत्या गरेको अभियोगमा फरार रहेका अभियुक्तलाई घटना भएको दुई सातापछि प्रहरीले पक्राउ गरेको छ ।
झापा शान्तिनगर–१की ११ वर्षीया बालिका तनुजा कोइरालाको हत्यामा संलग्न झापा मेचीनगर–३ घर भई ज्याला मजदुरी काम गर्दै हिाड्ने ३० वर्षीय राजकुमार राजवंशीलाई भारतको उत्तर प्रदेशस्थित नन्दीपुरवाट झापा प्रहरीले पक्राउ गरेको हो । अभियुक्त राजवंशीलाई वुधवार जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
झापाको बुधवारे–५मा मावली घर आएकी एघार वर्षीया बालिका तनुजाको साउन ४ गते मध्यरातमा राजवंशीले बलात्कारपछि घााटी रेटेर हत्या गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको एसपी शैलेस थापा क्षेत्रीले बताए । पक्राउ परेका राजवंशीलाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरी झापा अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्कूल छुट्टि भएको समयमा मामा राम प्रसाईको घरमा गएकी तनुजाको हत्या भएको थियो । बालिकाको घााटीमा धारिलो हतियारले रेटिएको अवस्थामा ओछ्यानमै साउन ५ गते बिहान शव फेला परेको थियो । मृतकका बुवा चन्ऽकान्त कोइराला वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा छन् भने घटना भएको घरको एउटा कोठामा तनुजा आफ्नो ५ वर्षीय भाइ नुतनसाग सुतेकी थिइन् । बिहान अबेरसम्म तनुजा नउठेपछि घरका सदस्यहरूले हेर्न जाादा ओछ्यानमा मृत अवस्थामा फेला पारेका थिए । तनुजा ७ दिन अघि शान्तिनगरस्थित घरबाट स्कूल विदाको अवसरमा मावल आएकी थिइन् ।
प्रसाईको घरमा खेताला गर्न केही दिन अघि आएका एक व्यक्तिको साइकल र चप्पल घटनास्थल भएको घर बाहिर फेला परेपछि फरार रहेका सोही व्यक्ति अपराधमा संलग्न भएको हुनसक्ने आशंका गरी प्रहरीले खोजतलास व्यापक बनाएको थियो ।
चामल चोर्न जाँदा हत्या
चार दिनदेखि तनुजाको मामाघरमा खेतको आली काट्ने काम गर्दै आइरहेका आरोपी राजवंशीले हत्या गरेको सााझ मामा प्रसाईसाग हिसाबकिताब गरी गएका थिए । राजवंशी छिमेकीको घरमा खाना खाएरराति प्रसाईको घरमा चामल चोर्न गएका थिए । मादक पदार्थ सेवन गरेका राजवंशीले कोठामा चामल चोर्न छिर्दा तनुजाले देखेकी थिइन् । तनुजाले देखेपछि पक्राउ पर्ने डरले राजवंशीले उनलाई मुख थुनेर राखे पनि तनुजा कराउन लागेपछि गोजीमा रहेको सानो चक्कुले तनुजाको घााटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी क्षेत्रीले बताए । बलात्कार गरेको बिषयमा राजवंशीले त्यो राति आफूले अत्याधिक मादन सेवन गरेको कारण केही थाह नपाएको प्रहरी समक्ष बयान दिएका छन् ।
कसरी पक्राउ परे राजवंशी ?
घट्ना लगत्तै परिवारको बयानको आधारमा प्रहरीको शंकामा रहेका राजवंशीलाई क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र इलाका प्रहरी कार्यालय कााकरभिट्टाको टोलीले अपराधमा सलंग्नको खोजी शुरु गर्‍यो । एक सातासम्म झापाका विभिन्न स्थानमा राजवंशीको तस्वीर सर्वसाधारणलाई देखाइ खोजतलास गरियो । कसैले राजवंशीकी आमा दिल्लीमा रहेको र भारततिरै गएको सूचना दिए । त्यही सूचनाको आधारमा तीन जना प्रहरी टोली बागडोगराबाट दिल्ली गए । अनुसन्धानमा प्रहरी निरीक्षक राकेश थापाको कमाण्डमा, असई अम्बिका पोखरेलसहित तीन सदस्यीय प्रहरी टोली भारत पुगेको थियो ।
दिल्ली र उत्तरप्रदेशको सीमानामा रहेको दिदीको एउटा घरमा आश्रय लिएर बसेको नेपाल प्रहरीले सूचना पाएपछि नेपाल प्रहरीको अगुवाई तथा दिल्ली र उत्तरप्रदेश पुलिसको सहयोगमा राजवंशीलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्रीले बताए । भारतीय प्रहरीको सहयोगमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका– ११ महेन्द्रनगर गड्डाचौकीबाट मंगलबार पक्राउ गरेको एसपी थापा क्षेत्रीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर