Aamsanchar

साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान

Author Image
आइतवार, भदौ २४, २०७५

मोरङ ।

साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले उनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो । आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा उनलाई थप अनुसन्धान गर्नु पर्ने भएको भन्दै न्यायाधीश शर्माको इजलाशले यस्तो आदेश दिएको हो ।

अदालतले प्रतिवादी श्यामबहादुर खत्री कसुरदार रहेको भन्ने कुरा विश्वास गर्ने आधार मनासिव देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल उनलाई संगठित अपराध ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ।बं।११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि मोरङ कारागार पठाएको हो ।

एसएसपी श्यामबहादुर खत्रीले आजै मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।–उज्यालो अनलाइनबाट

Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर