Aamsanchar

५ दशमलव ६ रेक्टर स्केलको भूकम्प

Author Image
बुधवार, भदौ २७, २०७५

झापा ।

भारतको आसाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

नेपाली समय अनुसार बुधबार बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का भारतको विहार, बंगलादेशको ढाका र नेपालको झापासहित विभिन्न जिल्लामा महसुस गरिएको छ ।

बंगलादेशको ढाकामा भने केही घरमा क्षती पुगेको छ । झापा हालसम्म कुनै भौतिक तथा मानविय क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

भूपम्प आएको समयमा घरभित्र रहेका मानिसहरु आत्तिदै बाहिर निस्किएका थिए । उता पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ लगायतका स्थानमा समेत भूकम्पको धककाको महसुस गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर