Aamsanchar

जब श्रीमानले घरै छोडे, खानै थिएन तर अहिले……

Author Image
बिहिवार, साउन २०, २०७३
अभाव र संघर्षले जन्माएको उद्यमशीलता, बन्यो जीवन बाच्ने आधार

अभाव र संघर्षले जन्माएको उद्यमशीलता, बन्यो जीवन बाच्ने आधार

[मुकुन्द उप्रेती/ पथरी]
सफलता त्यही मानिसले पाउछ जसले जीवनमा संघर्सका पहाडहरुको सामाना गर्न सक्छ । त्यस्तै संघर्षले आफुलाई समाजमा उदाहारणीय बनाउन सफल उद्यमी महिला हुन मोरङ पथरी सनिश्चरे नगरपालिका ६ भोटेघुम्तीकी चन्द्रकला बजगाई । मध्यम वर्गिय परिवारमा हुर्किएकी उनलाई  जन्म दिने बा आामाले विवाह गरेर पराईको जिम्मा लगाई दिएपछि चन्द्रकलाको जिवनमा पनि काहाली लाग्दा दिनहरु सुरु भए । निम्म वर्गिय परिवारमा विवाह भएको केही वर्षमा जायजन्म भए परिवार सुख दुख राम्ररी चल्दै गयो सुरुका दिनमा तर त्यो धेरै लामो समय भने चलेन । लालाबाल बालबच्चा भएपछि श्रीमानले हेरेनन् उनलाई, श्रीमान घरै छोडेर हिडे । श्रीमानले नै बेवास्थ गर्न थालेपछि परिवारमा अन्य सदस्यले हेर्ने त कुरै भएन उल्टै दुर्वयवाहार सहनु पर्यो । श्रीमान, परिवार र समाजले नै अपहेलना गर्न थालेपछि लालाबाला च्यापेर घर छोड्न बाध्य भइन् उनि । अहिले के खाउ भरे के खाउ कसरी बालबच्चाको पेट भरौ भन्ने पिरले थिचे पछि उनले आफ्नो जिवनको अर्थ देखिनन् तर काखको छोराले उनलाई बाच्न पेरित गर्याे । आज भन्दा २५ वर्ष अघिको र्ददनाक पिडा सुनाउदै चन्द्रकलाले भनिन …“घर परिवारले बेवास्था गरेपछि बालबच्चा त पाल्नै पर्यो यिनिहरुकै लागि भए पनि बाानुपर्ने अठोट लिए” । बाचनका लागि माइतीको सहारा लिएपछि चन््रदकलाको जीवनले गति त लियो् तर दुखले भने छोडेन ।
माइतीको सहयोगमा २ हजारको धागो चुरा, टिका बेच्न थालें । मैले व्यापार त थाले तर दोकान गर्ने ठााउ थिएन गाउा गााउ, हाट, बजार चाहार्न थाले, त्यतिखेर छोरा २२ दिनको थियो । उनि भन्छिन् छोरालाई काखमा च्यापेर काटुनका भारी बोक्दै हिडे । तर हिम्मत हारीन । खान लाउन संघर्ष गर्दा गर्दै दस वर्ष विते छोरा छोरीलाई पढाउने रहर थियो उनलाई तर पापी पेटको करले दिएन । ठुली छोरी र छोरालाई कमाउनकै लागि भारतको डिल्ली पुर्यायो । आफ्नो पुरानै ब्यापार,त्यसले खानै नपुग्ने गाउामा साहु माहाजन त थिए तर म जस्ती अपहेलित महिलाई कस्लेपो पत्याउथ्यो र उनले भकानिदै सुनाइन केही पैसा भए व्यापार बढाउने सोच थियो तर ऋण दिने कस्ले मलाई, उनले सुरुका दिन सम्झदै भनिन् । जस्तोसुकै अप्ठ्रयारो अवस्थामा पनि नआतिने चन्द्रकलाको जिवनले त्यतिखर काल्टे भेर्यो जव उनको गााउमा विना घितो ऋण दिने सस्था सहारा नेपाल आयो ।आज भन्दा आठ वर्ष अघि उनि पनि सहारा नेपालको लघुवित कायक्रममा आवद्ध भइन् र ८ हजार ऋण लिइन् ऋण लिएको पैसाले व्यापारमानै खर्चेको सुनाउदै चन्द्रकलाले भनिन् सहारामा पसेपछि ब्यापार बढ्यो, कमाई संगसंगै बचत समेत हुनथालेपछि हिम्मतबढ्दो रहेछ । मैले पनि हिम्मत हारिन संघर्स गर्दै गएा सहारा नेपाल आफ्नो जिवनको सहारा भएको बताउने चन्द्रकलाको हाल आफ्नै घर छ । आफ्नै घरमा किराना पसल संचालनमा छ । पसल संगै कबोइलर कुखुरा पालन थालेकी उनको खोरमा हाल २०० कुखुरा छन् । आमाले देखाएको संघर्षको बाटो समाएका छोरा रोषनले समेत चन्द्रकलालाई गतिलो सहयोग गर्दै आएका छन् । हाल सहारा नेपालको सेयर सदस्य बनेकी चन्द्रकलाले सहारा नेपालबाट ३ लाख ऋण लिएर सिटी सफारी किनेकी छिन् । सफारी बाट दैनिक २००० हजार कमाई हुने बताउछन् चन्द्रकलाका छोरा रोषन बजगाई । जिवन धान्नैका लागि के खाउा के गरौ को अवस्थाबाट सुरु भएको चन्द्रकलाको संघर्ष हाल आम नेपाली महिलाको पेरणाको श्रोत भएको बताउछन् उनलाई नजिकबाट देख्ने सुन्ने ।
अहिले त श्रीमान २५ वर्ष पछि घर फर्कनु भएको छ पहिलेको व्यवहार सम्झदात अनुहार नै नहेर्नु जस्तो तर श्रीमान हुन । अव भने चन्द्रकला सहारा नेपालकै सहाराले आफु र वरिवारको समेत सहारा सहारा बन्दै समाजमा नै उदाहारणिय उद्यमी महिला बनेकी छिन् । उनको अबको योजना समेत बनिसकेको छ घरमै होटल संचालन गर्ने उनले भनिन् अव सहारा बाटै ५ लाख ऋण लिएर होटल खोल्छु । उनको होटल संचालन गर्ने योजना सफल बनोस शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर