Aamsanchar

कचनकवल गाउँपालिका विवाद झन् चर्किंदै, जनप्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी

Author Image
शनिवार, भदौ ३०, २०७५

पार्थ मण्डल / झापा,

स्थानीय सरकार पक्षधरले झापाको कचनकवल गाउँपालिका ६ स्थित बनियानी बजारमा आन्दोलितविरुद्ध शान्तिपूर्ण र्‍याली निकालेपछि गाउँपालिकामा दुवै पक्ष बीचको द्वन्द्वले उग्ररुप लिन थालेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्थानीय सरकार पक्षधरले आन्दोलित बनेका असन्तुष्ट जनप्रतिनिधि, नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसविरुद्ध शान्तिपूर्ण र्‍याली निकाल्दै बिहीबार कोणसभाको आयोजना गरेका थिए। यता स्थानीय सरकार पक्षधरले शान्तिपूर्ण र्‍याली निकालेपछि आन्दोलित पक्षधरले गाउँपालिकाका स्थानीय सरकारको ज्यादतीविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ।

आन्दोलित पक्षद्वारा गठित संर्घष समितिले तत्काल बैठक बस्दै गाउँपालिकामा मसाल जुलुस प्रर्दशन गर्ने निर्णय गरेसँगै गाउँपालिकाको–४ केचनामा बिहीबार बेलुका मसाल जुलुस प्रर्दशन गरिएको नेकपाका नवराज भट्टराईले जानकारी दिए। संर्घष समितिले– १, २, ३, ५, ६ र ७ मा शुक्रवार वृहत मसाल जुलुस प्रदर्शन गर्न कार्यक्रम तय गरिसकेको संर्घष समितिका सदस्य रत्नकुमार बुढाथोकीले बताए।

‘आन्दोलनरत पक्षको माग सम्बोधन गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष अञ्जार आलमले उल्टै आन्दोलन पक्षकोविरुद्ध पार्टीका कार्यकर्ता सडकमा उतार शान्तिपूर्ण र्‍याली निकालेको छ, संर्घष समितिका संयोजक भूमि राजवंशीले भने, ‘त्यसैले हामीले त्यसको प्रतिकार गर्दै बिहीबार तीनवटा वडा गाउँपालिकाको एकलौटी निर्णय र ज्यादतीविरुद्ध मलास जुलुस प्रदर्शन गरेका हौँ।’ उनले भने, ‘अब संघर्ष समिति गाउँपालिकाविरुद्ध कानुन रूपमा लड्ने तयारीमा छ।’

गाउँपालिकाको केन्द्र परिवर्तन र बजेट कार्यकर्तामुखी भएको भन्दै दुवै पक्षधरबीच गाउँपालिकामा विवाद उत्पन्न भएको हो।

जनप्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी

गत भदौ २३ गते कचनकवल गाउँपालिकाले आन्दोलितको मागलाई लत्याउँदै दोस्रो गाउँसभाको आयोजना गरेको थियो। गाउँसभा बहिष्कारमा रहेका असन्तुष्ट पक्षका १४ जनप्रतिनिधि र पक्षधरका २४ जना जनप्रतिनिधिबीच गाउँसभामै हातपात भएको थियो।

दुवै पक्षबीच हातपात हुने क्रममा गाउँपालिका अध्यक्ष आलमले बोल्दै गरेको माइक उछिटिएर कचनकवल ७ की महिला सदस्य लक्ष्मी इदिङ्गो घाइते भएकी थिइन्। यता, घाइते भएकी महिला सदस्य इदिङ्गोले बिहीबार सत्तापक्षको दबाबमा असन्तुष्ट पक्षका तीनजना जनप्रतिनिधिविरुद्ध इलाका प्रहरी कार्यालय बनियानीमा किटानी जाहेरी दिएकी छिन्।

गाउँसभामै आफूमाथि कुटपिट गर्दै घाइते बनाएको भन्दै उनले गाउँपालिका सदस्य रञ्जित लिम्बू, उमाशंकर गणेश र धनबहादुर गुरुङको नाममा किटानी जाहेरी दिएका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर