महोत्तरी,

महोत्तरीको गौशालास्थित मरहानदीबाट एक व्यक्ति लुटिएका छन् ।

मोटरसाइकल चढी गौशालातर्फ आइरहेका समयमा मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट आज दिउँसो अज्ञात समूहले रु ५ लाख लुटेको हो ।
इलाका प्रहरी कार्यालय गौशालाका अनुसार चौधरीलाई नदीमा एक्लो भएको मौका छोपी मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर उनीसँग रहेको रु ५ लाख लुटेर फरार भएको जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।
Views: 224

