Aamsanchar

नदीजन्य पदार्थको अनुगमन र मुल्याङ्कन जनप्रतिनिधिले गर्ने

Author Image
बिहिवार, असोज ४, २०७५

सागर गौतम

अर्जुनधारा असोज ३ । अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले नदीजन्य सामाग्रीको व्यवस्थापन गरी त्यसबाट प्राप्त आम्दानी प्रभावित क्षेत्रमा समेत लगानी गरिने बताएका छन् ।

नदीजन्य सामाग्री व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्राप्त आम्दानीलाई प्रभावित क्षेत्रको बृक्षारोपण र तटबन्धनमा ३० प्रतिशत लगानी गरिने नीति तय गरिने बताएका हुन् । त्यसको अतिरिक्त आवश्यकता हेरी ७० प्रतिशतबाट पनि उक्त क्षेत्रको विकासमा लगानी गर्ने सकिने बताए ।

प्रमुख रानाले भनेर्, नदीजन्य सामाग्रीको उत्खनन बाट प्राप्त आम्दानी ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत स्थानीय सरकारमा प्राकृतिक राजश्वमा रहने जाकारी प्राप्त भएकाले त्यही अनुरुप नै काम गरिने छ । ’ नदी उत्खनन गर्दा ट्रयाक छोडेको क्षेत्रलाई विशेष ध्यान दिन समेत उनले आग्रह गरेँ ।

नागरिकले हक,हित, इज्जत र अधिकार प्राप्त गरी सफलता प्राप्त गरी सकेका छन् । रानाले भनेर्– आफनै कर्तव्य र उत्तरदायित्व बहन गर्दै समृद्ध र व्यवस्थित नगर निर्माणको अभियानमा शारीरिक र मानसिक श्रम लगानी गर्नुपर्ने अवस्था आएको बताए ।’ नदीजन्य पदार्थको अनुगमन र मुल्याङ्कन जनप्रतिनिधिको तर्फबाट हुने उनले बताए ।

नदीजन्य सामाग्री व्यवस्थापन सम्बन्धि अभिमुखीकरण स्थानीय पितृ भवनमा आयोजित कार्यक्रममा भूगर्भविद् यदु तिम्सिनाले विरिङ र टाङटिङ सँग जोडिने नदीहरु अर्जुनधारामा रहेको र यसलाई ७ वटा प्याकेज अन्तर्गत २२ स्थान छुट्याइएको बताए ।

विगतको उत्खनन जहाँ पायौं त्यहाँ हुने गथ्र्यो, उनले भनेर्– अब उत्खननका असरहरु त्यसका समाधानका उपायहरु छन्, वातावरणीय प्रभाव र मूल्याकंन आफ्नो अध्ययन वैज्ञानिक भएको दाबी गरेँ । वातावरण ऐन २०५३ र २०५४ सँग सम्बन्धित उपयोग,दिगो विकासमा आधारित रहेर खोलाको उत्खनन भइरहेको छ ।

नदीको प्रभाव, बाढी पस्न सक्ने क्षेत्र, खोलाको सतह लगायतका विषयवस्तुलाई आधार मानेर वातावरणीय प्रतिवेदन तयार हुने उनले तिम्सिनाले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नवीन ओली, चर्तुभुज काफ्ले, कृष्ण श्रेष्ठ, विदुर भट्टराई लगायतले जिज्ञासा समेत राखेका थिए । कार्यक्रम नगर प्रमुख रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर