Aamsanchar

के हुन लाग्यो यस्तो ? बलात्कारको आरोपमा १० वर्षीय बालक पक्राउ

Author Image
शुक्रवार, असोज ५, २०७५

कञ्चनपुर,

कञ्चनपुरको कृष्णपुर नगरपालीकामा प्रहरीले १० वर्षीय बालकलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ।

स्थानिय विद्यालय परिसरमा बिहीवार साँझ सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बालकलाई पक्राउ गरेको हो। स्थानिय बासिन्दाले १० बर्षे बालकले बालिकालाई बलात्कार गरेको आरोप लगाउदै प्रहरीलाई खवर गरेका हुन्।

तत्कालै इलाका प्रहरी कार्यालय गुलरीयाका प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले बलात्कार गरेको आरोप लागेका बालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ।

पीडित र पिडक दुवैलाई कार्यालयमा ल्याई अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक कृष्णराज ओझाले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर