Aamsanchar

झापामा बालिका बलात्कारको आरोपमा युवक पक्राउ

Author Image
सोमवार, असोज ८, २०७५

झापा ।

झापाको हल्दिबारी गाउँपालिका गाउँपालिका–१३, जलथलका २१ वर्षीय युवक बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनले सोही वडाकी चार वर्षीया बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

बालिका र युवकको घर सँगसँगै रहेकाले युवकको नाम नखुलाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। प्रहरीका अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई ती युवकले साइकलमा घुमाउन लगेका थिए। चिनजानको नाताले बालिकाले युवकलाई मामा भन्ने गर्थे।

सोही नाताको फाइदा उठाउँदै घुम्न गएको मौका छोपी युवकले बलात्कार गरेको र घर पुगेपछि बालिकाको योनीमा रगत देखेपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए। परेपछि आइतबार राति ती युवकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। एक महिने महिला हिसां तथा बलात्कार न्युनीकरण गर्ने उद्देश्यले प्रहरी कार्यालय झापाले टोल÷टोलमा प्रहरी परिचालन गरे पनि बलात्कार घटना नरोकिँदा प्रहरीलाई चुनौती थपिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर