बलात्कार आफैंमा जघन्य अपराध हो । मानव सभ्यताकै कलंक हो । झन् नाबालक, बच्चा जो यौनजनित क्रियाकलाप बारेमा अनभिज्ञ हुन्छ्न । त्यस्ता प्रति जबरजस्ती करणी जस्तो महा अपराध के हुन सक्छ ? कहिल्यै र कसैगरी कुनै पनि मानेमा क्षमा दिन नमिल्ने अपराध हो बलात्कार । अझ बलात्कारपछि हत्या जो क्रुरताको पराकाष्ठा हो । अनि किन खबर भएर पनि यसको ढाकछोप र बचाउको लागि मरिमेट्छ । अझ एउटा महाअपराध ढाकछोप गर्न सिङ्गो राज्य संयन्त्र ज्यान फालेर लाग्छ । अहिले किशोरी निर्मला पन्तको हत्यारा बचाउन प्रहरी प्रशासन लागेको देख्दा ताज्जुब लाग्यो ।
देशमा दुईवटा सरकार छ । तर, जनताले भने न्याय पाउन सकेका छैनन् । न त बहुमत प्राप्त नेकपाका सरकारले न्याय दिन सकेको छ नत कांग्रेसकै छाँया सरकारले । जनता निरास बन्दै गएका छन् । यहाँ पहुँच र पैसा हुने सत्ता र शक्तिलाई जता पनि लैजान सक्दा रहेछन् भन्ने उदाहरण कञ्चनपुरको निर्मला काण्डले स्पष्ट पारिसकेको छ ।
एक बालिका माथिको खुन खराबी र बलात्कार जस्तो जघन्य अपराध हुँदा ज्यान नै विभत्स तवरले हेरिँदा पनि यो मेरो समस्या होइन भनेर आज न त छाँया सरकार बोल्छ र बहुमत प्राप्त सरकार नै दुबै बाहिर ठक्क पारे चुपचाप छन् । बोल्नेहरु अझै बोल्दैनन् । जो सत्तामा लिप्त भएर तिमी माथि भएको अत्याचार आँखा चिम्लेर बसेका छन । वास्तविक हत्यारा तिनै हुन जो यो घटना प्रति बेखबर छन् । मैले बोल्न सकिन भने म पनि हत्याको मतियार हुनेवाला छु त्यसैले म बोल्छु । मेरो आवाजलाई सत्ताविरुद्धको आवाज भनेर बुझ्ने हत्यारा हुन् । जसले वास्तविकता लुकाउन मानसिक सन्तुलन समेत ठिक नभएका भनिएका ब्यक्तिलाई मुख्य अभियुक्त बनाउनुले सत्ता र शक्तिको दुरुपयोग कस्तो हुदोरहेछ भन्ने स्पष्ट छ ।
महिलाको हक, इज्जत र सम्मानको कुरा गरेर नथाक्ने ठूला महिला अधिकारकर्मी किन चुप छन् ? किन सावित्री सुबेदीहरु मात्रै पेटीकोट जुलुस निकाल्छन् । खै उनीहरूको सपोर्टमा महिला अधिकारबादीको जुलुस, समर्थन र धर्ना ? खै सचेत पुरुषहरुको खबरदारी ? आफूलाई नपरेसम्म आफूलाई नदुखेसम्म किन पोल्दैन अरुको पीडाले मान्छेलाई ? निर्मलाको पीडा अनुभूत गर्न उनका बाबु–आमा र केही छर–छिमेक र कञ्चनपुरबासी या पश्चिम र सुदुर पश्चिमवासी मात्रै हुनुपर्छ र ? किन यो देशलाई पोल्दैन नाबालिका बलात्कार हँुदा ? हत्या र हिंसाको चपेटामा पर्दा ।
के अब पनि उसकै छोरी तरुनी हाम्लाई के को दोष भनेर बस्ने ? एकजना दोषी उम्काएर निर्दोष ब्यक्तिलाई दोषी करार गर्न सजायको भागिदार किन बनाइन्छ ? यदि दोषी पत्ता लगाउने भए जसले निर्दोष ब्यक्तिलाई जवरजस्र्ती रुपमा दोषी हो भन्दै सार्वजानिक ग¥यो उसैलाई कठघरामा उभ्याएर अनुसन्धान गर्ने हो भने दोषी पत्ता लाग्छ । तर, यो विषयमा कसैले चासो दिएको पाइनन् ।
हाम्रो धन, मान ,ज्यान र इज्जत बचाउने कसम खाएर सेवा प्रवेश गरेको प्रहरी किन यति लाचार हुँदैछ । किन उसलाई उसको कसमले झस्काउँदैन, पोल्दैन, पिरोल्दैन ? निर्मला पन्त कुनै प्रहरी अधिकारी कि छोरी भएको भए यस्तै तुर्लुङ निर्लज्ज हर्कत गथ्र्याे होला प्रहरी ? जनताले अब को माथि भरोसा गर्ने ? कसले न्याय दिन्छ भनेर गुहार्ने ? ‘सत्य सेवा सुरक्षा’को कसम खाएर जनताको करले चल्ने निकाय कसैलाई जोगाउन कसैलाई फसाउन लागि पर्दा कसको दिल दुख्दैन कसलाई चिन्ता लाग्दैन आफ्नो सन्ततिको ?
आखिर प्रहरीले न्याय दिने हो भने वास्तविकता ल्याउन अनुसन्धानलाई तिब्रता दिने थियो तर यसरी चुक्यो प्रहरी–प्रहरी निरीक्षकले कुन प्रयोजनले बालिकाको सुरुवाल धुन र रक्तश्राव देखिएको योनी पुछ्न लगाए ?, हत्याराको सुईको नपाई लास जलाऊन किन हतार गरियो ?, होटलको सीसी टिभीमा भएका फुटेज कसले र किन हटाउन लगायो ?, बम दिदी–बहिनीको घरमा पस्न किन दिइएन ?, अनुसन्धानमा संलग्न बीरेन्द्र केसीलाई ज्यान हर्ने धम्की दिने को हो ? यी कुरामा न त कसैले खोजी ग¥यो न त यो विषयलाई बाहिर ल्याइयो । यदि कञ्चनपुरका जनताले आनदोलन नगरेको भए एक निर्दोष ब्यक्तिलाई जेल कोच्ने दाउमा वर्तमान सरकार र जनताको करले बाँचेका प्रहरी भनाउँदाहरु छाती फुलाएर हिँड्ने थिए होला ।
देशभर बलात्कारका घटना आखिर किन बढ्दैछ के भयो ? यो विषयमा बेलैमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले नसोच्ने हो भने भोलिका दिनहरुमा अझ आराजकता मौलाउने स्पष्ट छ किन कि यहाँ सत्य कुरा नआउने रहेछ निर्दोष ब्यक्ति पनि फस्ने रहेछन् । छोरी बलात्कृत भई भनेर हामी हिँडिरहँदा कतै मेरो छोरा त गलत मानसिकता बोकेर गलत बाटोमा त हिँडदै छैन् भनेर सोच्ने कि ?