Aamsanchar

डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि… !

Author Image
बुधवार, असोज १०, २०७५

काठमाडौं,

सामाजिक सन्जाल फेसबुकले युवा पुस्तालाई मात्र होइन, वृद्ध पुस्तालाई पनि खराब लतमा फसाएको छ ।

प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण थुप्रै फसेका छन्, विवादमा परेका छन् ।  यसैक्रममा नेपाल प्रहरीका एक पूर्वडिएसपी पनि अहिले फेसबुककै कारण ठूलो समस्यामा फसेका छन् ।

आफ्नी भाइ–बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्र हत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पूर्वडिएसपी कृष्णकुमार खड्का क्षेत्री प्रहरीको फन्दामा परेका छन् ।
यो खुलेको छ कि, उमेरले करिब ६ दशक पुगेका उनी फेसबुकको लतमा फसेका रहेछन् । साथीभाई तथा आफन्तको फोटो र स्टाटसमा कमेन्ट गरिरहने मात्र होइन, उनले म्यासेन्जरमा म्यासेज पनि पठाइरहन्थे ।

यस्तैक्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गर्न भ्याए । तब बुहारी आश्चार्यमा परिन् । अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए । बुहारी झन् चकित हुँदै गइन् । पछि त च्याटमै उनले अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भइन् । र, प्रहरीमा गुनासो लिएर पुगिन् ।

काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगेको प्रहरीले बताएको छ । तब महाशाखाले उनलाई फोन गर्यो । अनि त उनी भूपू डिएसपी भएको पत्ता लाग्यो ।

त्यसपछि नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याइयो । गत शुक्रबार उनलाई महाशाखाले बोलाएर बुहारीलाई पठाएको म्यासेज देखायो ।  दृष्टि साप्ताहिकमा खबर रहेकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर