Aamsanchar

पत्रकारको योग्यता तोकिदै,परीक्षा हुने

Author Image
शुक्रवार, साउन २१, २०७३

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रलाई पेसाको मापदण्ड अनुकूल बनाउन तयार गरेको पत्रकारको योग्यता परीक्षण अध्ययनसम्बन्धी प्रतिवेदन छलफलका लागि सार्वजनिक गरेको छ ।

पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले तयार गरेको प्रतिवेदन यहाँ  काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की समक्ष प्रस्तुत गरिएको छ ।

सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा रामकृष्ण तिमल्सेना संयोजक तथा रत्न राज्यलक्ष्मी क्याम्पस पत्रकारिता विभाग प्रमुख डा कुन्दन अर्याल, ‘नागरिक’ दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र सचिवमा काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाल रहेको कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमाथि सञ्चार विज्ञको सुझावका आधारमा पत्रकारका योग्यता परीक्षण गर्ने तयारी गरिएको हो ।

प्रतिवेदनमा पत्रकारको योग्यता तोक्नुपर्ने औचित्य, पत्रकारको योग्यताबारे विभिन्न देशको प्रावधान, परीक्षणको किसिम, परीक्षण कार्यविधि, योग्यता, पाठ्यक्रमको उद्देश्य र पाठ्यक्रमको ढाँचाबारे उल्लेख छ ।

काउन्सिलका अध्यक्ष कार्कीले सिङ्गो पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले काउन्सिलले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरिहेको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर