Aamsanchar

आर्थिक समृद्धिका लागि संसदीय प्रणालीको अन्त्य ः डा भट्टराई

Author Image
शनिवार, साउन २२, २०७३

baburam-bhattarai-2सुरुङ्गा (झापा) ।

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले आज झापाको बिर्तामोडमा बिर्तामोड प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतीय प्रणालीअनुसार देश अघि नबढे देशको आर्थिक विकास नहुने बताउनुभयो ।

उहाँले मुलुकको पहिलो आवश्यकता भनेको विकास र समृद्धि भएको बताउँदै सत्ताको फोहोरी खेलले देशको विकास नहुने बताउनुभयो ।

संविधान आफैँमा अपूर्ण भएको बताउँदै नेता भट्टराईले भन्नुभयो– गणतन्त्रलाई संस्थागत गर्न मात्र आफूले संविधानमा हस्ताक्षर गरेको हुँ । विद्यामान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै मिलेर संविधान संसोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर