Aamsanchar

नक्कली नोट बनाउने कारखाना भेटियो / ३ लाख नेपाली नक्कली नोट बरामद

Author Image
आइतवार, कार्तिक ४, २०७५

काठमाडौं,

रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ ।

शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले ३ लाख नेपाली रुपैयाँ नक्कली नोट पनि बरामद गरेको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो । उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, पनि बरामद भएको छ ।

पक्राउ परेकालाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर