Aamsanchar

बडा दशैं: आज चौंथो दिन त्रयोदशी तिथि, टीका जमरा र आशीर्वाद आजपनि ग्रहण गरिदैं

Author Image
सोमवार, कार्तिक ५, २०७५

काठमाडौं।

दशैंको चौंथो दिन आज त्रयोदशी तिथि, वडादशैंमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी छ ।

कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास रहिआएको छ । यता, दशैंको अवधिभर बन्द रहेका सरकारी कार्यालयहरु हिजोबाट खुलेका छन् । सरकारले यो वर्षदेखि द्वादशीको दिन पनि विदा कटौती गरेपछि फूलपातीको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु हिजोबाट खुलेका हुन् ।

अघिल्लो वर्षसम्म द्वादशीको दिन पनि विदा हुने गरेको थियो । सरकारी कार्यालयहरु खुलेपछि दशैंको माहोलमा रमाएका सर्वसाधारणको दैनिकि पनि विस्तारै नियमित अवस्थामा फर्किएको छ ।

Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर