Aamsanchar

मदिरा सेवनले मृत्यु

Author Image
बिहिवार, कार्तिक ८, २०७५

लमही,

अत्यधिक मदिरा सेवनले दाङमा एक महिलाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका –१२ नरिवाङ निवासी ४५ वर्षीया कल्पना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक कृष्णहरि शर्माका अनुसार कमलपित्त रोगले पीडित बनेकी उनले अत्याधिक मदिरा सेवन गर्दा मृत्यु भएको हो ।

लामो समयदेखि अत्यधिक मदिरा सेवन गर्ने गरेको र एक सातादेखि खानासमेत नखाएकी उनको आज अपरान्ह् ४ बजेतिर मृत्यु भएको बताइएको छ ।

Views: 270

प्रतिक्रिया (०)