Aamsanchar

चाडपर्वमा दुर्घटना न्यून गर्न झापा ट्राफिक प्रहरी सफल

Author Image
शुक्रवार, कार्तिक ९, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड ।

दशैं नजिकिएसंगै सबै आफ्न्तकोमा भेला हुन थालिसकेका थिए । आफ्न्त भेटघाट त परैको कुरा यो वर्ष दशैंमा कसरी दुर्घटना घटाउन सकिन्छ भन्ने एउटै पिरलोले सताएको थियो जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईलाई ।

उनले दशैं नजिकिएसंगै जिल्लाका विभिन्न स्थानमा सरोकारवालाहरुसंग छलफल गर्दै यो वर्षलाई दुर्घटना रहित दशैं बनाउन अपिल गरेका थिए । बिर्तामोडमा वीरता जेसीजले दुर्घटना न्यूनिकरणका लागि थालेको अभियानमा ट्राफिक प्रहरीको सक्रियाताका कारण दुर्घटना न्यूनिकरणमा सचेतना फैल्याउने कार्य निकै प्रभावकारी भएको थियो ।

दशैंको बेला रक्सी सेवन गरेर धेरै दुर्घटना हुन सक्ने चिन्ताले ट्राफिक प्रहरीलाई सताएको थियो । तर यस पटक भने सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले उपलब्ध गराएको ब्रेथलाइजरका कारण मापसे गर्नेहरु कारबार्हीमा पर्ने डरले मापसे नगरि सवारी सञ्चालन गरेकाले यसपटक दुर्घटना न्यूनिकरण गर्न सफलता मिलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राईले बताए ।

यस वर्षको दशैंमा असोज ३० गते फुलपातीको दिन बुधबारेमा एक साइकल यात्रीलाई मोटरसाइकलले बिहान ५ बजे नै ठक्करदिदाँ मृत्यु भएको थियो । त्यस यता समान्य दुर्घटना भएपनि कसैको ज्यान नगएको प्रहरी प्रमुख राईले बताए । गत वर्ष दशैंको अवधिमा मात्रै झापामा सात जनाले ज्यान गुमाएका थिए ।

दशैंको फुलपाती देखि पूर्णिमा अर्थात असोज ३० गतेदेखि काक्तिक ७ गतेसम्मको अवधिमा झापामा चार वटा दुर्घटना भएका थिए । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

दशैंमा दुर्घटना नहोस् भनेर सक्रियताका साथ लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक निरीक्षक कालिदास रेग्मीले बताए । उनले भने–झापामा दुर्घटना न्यूनिकरणका लागि वीरता जेसिज सहित विभिन्न संघ–संस्थाले भरपूर सहयोग गर्नुभयो सहारा नेपालल दिएको ब्रेथ लाइजरको सहयोगले हामीले मापसे गर्नेलाई ठाँउका ठाँउ कारबार्ही ग¥यौं ।

ट्राफिक नियम उल्लघन गर्ने आठ सय ९० सवारीलाई कारबाहीै गर्दा चार लाख ८५ हजार रुपैंया बढी राजश्व संकलन गर्न झापा ट्राफिक सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी याम खड्काले जानकारी दिए । सवारी नियम उल्लघन गर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

झापामा हुने अधिकाशं दुर्घटना बिहान र बेलुकाको समयमा अधिक रहेकाले उक्त समयमा सवारी सञ्चालन गर्दा ख्याल गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । साथै नेपालीहरुको अर्को चाड तिहार नजिकएसंगै यो अवधिमा पनि सचेतना अप्नाउन सबैसंग आग्रह गरिएको छ ।

मपसे गरेर सवारी सञ्चालन गर्न आग्रह गर्दै ट्राफिक प्रहरीले आफुहरु सबै चाडपर्व तथा उत्सवहरु छाडेर जनताको खुशीमा नै रमाउन दिनरात सडकमा नै तल्लिन रहेको ट्राफिक प्रहरीहरुको भनाई छ ।

यसैबीच प्रदेश नं १ का १४ जिल्लामा असोज २४ देखि कात्तिक ४ गतेसम्म प्रदेश १ का १४ जिल्लामा भएका सवारी दुर्घटनामा परि १० जनाको मृत्यु जनाइएको छ । असोज महिनाभर भने प्रदेश नं १ मा भएका दुर्घटनामा २५ जनाको ज्यान गएको थियो । अघिल्लो बर्षको दसैंको अवधिमा प्रदेश नं १ मा १९ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परि मोरङ र सुनसरीमा पाँच–पाँच जनाको मृत्यु भएको थियो । यस्तै, झापामा सात जनाको मृत्यु भएको थियो भने उदयपुर तथा धनकुटामा एक– एक जनाको मृत्यु भएको थियो । त्यो बेला ५७ वटा दुर्घटना हुँदा ८१ जना घाइते भएका थिए । अधिकांश दुर्घटना चालकको लापरबार्ही तथा मापसे गरेर हुने गरेको ट्राफिक प्रहरीले निश्कर्ष निकालेको छ ।

झापामा ट्राफिक सचेतना तथा कारबार्हीलाई तिब्र बनाएसंगै सवारीको चाप भएपनि दुर्घटनामा कमी आएको जनाइएको छ । राजमार्ग क्षेत्रमा भन्दा पछिल्लो समय भित्रि सडकमा दुर्घटना बढेकाले त्यस तर्फपनि विभिन्न चेकजाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ

Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर