Aamsanchar

करेन्ट लागेर किशोरको मृत्यु

Author Image
आइतवार, कार्तिक ११, २०७५

गौशाला, 

महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा किशोर राउतको विद्युत् चुहावट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका किशोर राउतलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

Views: 225

प्रतिक्रिया (०)