Aamsanchar

मारुती भेनसंग मोटरसाइकल ठोक्किदा एकको मृत्यु

Author Image
शनिवार, कार्तिक १७, २०७५

बिर्तामोड, ।

पूर्व– पश्चिम राजमार्गको कमल गाउँपालिका– ३ झिलझिले सडक खण्डमा आज दिउसो भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर कुमाएक गाउँपालिका– २ निवासी २८ वर्षीय श्रवणकुमार शेर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ६ प ८९७४ नम्वरको मोटरसाइकल बिपरित दिसावाट आउँदै गरेको को २ च ११८१ नम्वरको मारुती भेनसंग ठोक्किदा मोटरसाइकलमा पछाडि सवार शेर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक दमक – ११ निवासी ४० वर्षीय तारा शेर्मा गम्भीर घाइते भएकाले बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ । चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएकाले मारुतीभेनसंग मोटरसाइकल ठोक्किएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताउनुभयो ।

Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर