Aamsanchar

तासका बुकहरुमा महिलाका नांगा तस्वीर !

Author Image
शनिवार, कार्तिक १७, २०७५

झापा,

दशैं तिहारका बेला खुब खेलिने र खुब बिक्री हुने चिज हो तास । तर, नेपालमा पछिल्लो ३ महिनामै ८ करोडको तास भित्रियो भन्ने सुन्दा सहजै पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो ।

पछिल्लो तीन महिनामा नेपालमा आठ करोड रुपैयाँको तास आयात भएको छ । ५२ लाख प्याकेटभन्दा धेरै तासका प्याकेट नेपाल भित्रिएको हो । सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख रुपैयाँको तासमध्ये असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ ।

साउनमा एक करोड ४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ ।असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ ।

तासको आयातमा केहि गलत धन्दा पनि भएका छन् । नेपालको प्रचलित कानुनले नग्नता वा अश्लील सामाग्री विक्री वितरण गर्न रोक लगाएको छ । तर नेपाल भित्रिएका कतिपय तासका बुकहरुमा महिलाका नांगा तस्विरहरु पनि भएको बुझिएको छ ।

यस्ता तास विभिन्न भीआइपी ठाउँमा प्रयोग हुने गरेको छ । प्याकेटभित्र कस्ता तास छन् भन्ने थाहा नहुनाले नेपालमा यस्ता तासका बुकहरु भित्रिरहेका छन् । प्रहरी पनि यस विषयमा बेखबर जस्तै बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर