Aamsanchar

तिहारमा न्यानो कपडा पाँउदा विद्यार्थी दंग

Author Image
सोमवार, कार्तिक १९, २०७५

बिर्तामोड ।

सुदुर पूर्वी पहाडी जिल्ला इलामका धेरै सामुदायिक विद्यालयमा गरीबिको रेखामुनी रहेका अभिभावकका विद्यार्थीहरु अध्ययन् गर्ने गर्छन् ।

न त उनीहरुले प्रविधिको प्रयोग नै गर्न पाउछन् न त भौतिक सुविधाको नै अुभव गर्न पाउछन् । शिक्षकले कक्षा कोठामा सिकाएका भरमा उनिहरुले परिक्षा दिइरहेका हुन्छन् । एक जोर कपडाले दुई सालसम्म पु¥याउनु पर्ने बाध्यता त छदैंछ जोडमा लुगलुग काम्दै हिड्नुपर्ने अवस्थाको पनि समाना गर्नै पर्ने हुन्छन् ।

काक्तिक १५ बितिसकेको छ । क्रमश पहाडी जिल्लामा जाडो बढ्दै गइरहेका इलामको रोङ गाँउपालिका–१ मा रहेको ज्योति आधारभूत विद्यालयका विद्यार्थी भने सोमबार निकै उत्साहित देखिएका थिए । कारण थियो उक्त विद्यालयमा शान्तिपुर–झापा एकता समाजको संयोजनमा सत्य साई संगठन नेपालले विद्यार्थीका लागि न्यानो कपडा, शैक्षिक सामग्री वितरण गरेको थियो ।


नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसंगै नयाँ कपडा पाँउदा स–साना बालबालिका निकै दंग देखिएका थिए । विद्यार्थी मात्र नभएर अभिभावकहरुको पनि खुशीको सीमा नै थिएन् ।

दशैंमा जसो तसो एकजोड कपडा सिलाई दिएपनि स्कुलको ड्रेस भने तिहारको उपहार स्वरुप पाएको भन्दै अभिभाकहरुले शान्तिपुर–झापा एकता समाजलाई धन्यवाद दिएका छन् ।

शान्तिपुरमा जन्मेर झापाका विभिन्न स्थानमा बसोबास गर्नेहरुले आफ्नो जन्मभूमि प्रति देखाएको माया र सदभावले गर्दा अब यहाँ थुप्रै सहयोगि हातहरुले साथ दिनेमा आफुहरु ढुक्क रहेको ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रकुमार प्रधानले बताए ।

उनले भने–गाँउमा रहेको विद्यालयमा आएर सत्य साई संगठनले महान कर्म गरेको छ यसको संयोजन गर्ने शान्तिपुर–झापा एकता समाज दुवैलाई शान्तिपुरबासीको तर्फबाट धन्याद दिन चहान्छु । कार्यक्रममा ९० जना विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा वितरण गरिएको थियो ।

मानवको सेवा नै सबैभन्दा ठूलो धर्म भन्दै आफुहरुले गरिब तथा विकट क्षेत्रमा गएर सयोग गर्न पाउँदा सहयोग लिने र दिने दुबैले आत्मसम्मानको अनुभुिित गर्ने भएकाले ज्योति आधारभूतमा सानो सहयोग गरेको सत्य साई संगठनका सानु काजी श्रेष्ठको भनाई छ ।

शान्तिपुरको शैक्षिक तथा पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने शान्तिपुर–झापा एकता समाजका संरक्षक जयनारायण ढुङ्गानाले प्रतिबद्धता जनाएका छन् । उनको एकल प्रयासले शान्तिपुरमा बाटो सम्याउने काम समेत सम्पन्न भइको छ ।

ढङ्गानाले आफु पनि शान्तिपुरमा नै जन्मिएकाले यस क्षेत्रको विकासका लागि एकता समाजसंग हातोमालो गरेर अघि बढ्न तयार रहेको धारणा ब्यक्त गरे । कार्यक्रममा रोङ–१ का वडाध्यक्ष बुद्धिबहादुर ढकालले शान्तिपुर सबै क्षेत्रबाट पछि परेको लागेपनि यस क्षेत्रमा एकता समाजले देखाएको तदारुप्ताले गर्दा आफुलाई हौसला मिलेको धारणा ब्यक्त गरे ।


कार्यक्रममा एकता समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारी, संरक्षक जयनारायण–अञ्जना ढुङगाना, उपाध्यक्ष शेखर कार्की, सचिव नरेन्द्र ढकाल,बुधबारे गाविसका पूर्व अध्यक्ष एवं एकता समाजका सल्लाहकार खडानन्द वाग्ले, नारद खनाल, नरेन्द्र तिम्सिना, श्याम कार्की, शैलेश भट्टराई, कविता निरौला, सिएमए संघ झापाका सदस्य अर्जुन ढकाल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालक एकता समाजका सदस्य शम्भु दाहाल र शिक्षक नन्दलाल शिवाकोटीले गरेका थिए ।

Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर